साहित्यको समाजशास्त्रीय दृष्टिमा ‘आशमाया’ उपन्यास

Authors

  • Hari Prasad Silwal नेपाली विभाग, रत्न राज्यलक्ष्मी क्याम्पस, त्रि.वि.

DOI:

https://doi.org/10.3126/hssj.v16i1-2.87412

Keywords:

ऐतिहासिक द्वन्द्वात्मक भौतिकवा, माक्र्सवाद, वर्ग उत्पीडन, वर्गसङ्घर्ष

Abstract

प्रस्तुत आलेख उपन्यासकार डी.पी.अधिकारीको आशमाया उपन्यासमा अभिव्यक्त समाजशास्त्रीय आयामको विश्लेषणमा केन्द्रित भई अनुसन्धानात्मक रूपमा प्रस्तुत भएको छ । यसमा आशमाया उपन्यासमा प्रयुक्त समाजशास्त्रीस्य अभिव्यक्तिहरू के कस्ता छन् भन्ने प्राज्ञिक समस्या र उक्त समस्याको समाधान गर्न उपन्यासमा निहित सामाजिक चिन्तनको निरूपण गर्नु नै आलेखको शोध उद्देश्य रहेको छ । यसलाई अनुसन्धानात्मक ढाँचामा सम्पन्न गर्न साहित्यको समाजशास्त्रीय सिद्धान्तलाई सैद्धान्तिक पर्याधार बनाई यसको समाजपरक समालोचनालाई अँगालिएको छ । साहित्यको समाजशास्त्रका दुई शाखाहरूमा माक्र्सवादी समाजशास्त्रीय सिद्धान्त र गैरमाक्र्सवादी समाजशास्त्रीय सिद्धान्त रहेका छन् । प्रस्तुत आलेख सम्पन्न गर्न माक्र्सवादी समाजशास्त्रीय सिद्धान्तको प्रयोग गरिएको छ । माक्र्सवादबाट प्रवर्तन भएको माक्र्सवादी समाजशास्त्रीय विश्वदृष्टिकोण नै यस आलेखको सैद्धान्तिक आधार हो । यस आलेखमा पुस्तकालयीय स्रोतबाट सङ्कलन गरिएका प्राथमिक र द्वितीयक सामग्रीहरू प्रयुक्त छन् । समाजवादी विचारधारामा साहित्य सिर्जना गर्ने उपन्यासकार डी.पी.अधिकारीको आशमाया उपन्यासको माक्र्सवादी समाजशास्त्रीय समालोचनाबाट विश्लेषण गर्दा सामाजिक उत्पीडनको मूल कारण शोषणजन्य व्यवस्था र त्यसले पारेको आर्थिक, सामाजिक, सांस्कृतिक उत्पीडन भएको यस आलेखको सार रहेको छ । वर्ग समाजमा रहेका वर्गीय शोषण र वर्गीय उत्पीडन नै समाजको समस्या रहेको र यस विरुद्ध सङ्घर्ष गर्नु नै सामाजिक समस्याको समाधान भएको मूल भाव उपन्यासले प्रस्तुत गरेको आलेखको सार रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Published

2024-12-01

How to Cite

Silwal, H. P. (2024). साहित्यको समाजशास्त्रीय दृष्टिमा ‘आशमाया’ उपन्यास . Humanities and Social Sciences Journal, 16(1-2), 156–164. https://doi.org/10.3126/hssj.v16i1-2.87412

Issue

Section

Research Article