काव्यशास्त्रीय दृष्टिमा मोतीरामको कवि भानुभक्तको जीवनचरित्र

Authors

  • Binod Karki नेपाली विभाग, रत्न राज्यलक्ष्मी क्याम्पस, त्रि.वि.

DOI:

https://doi.org/10.3126/hssj.v16i1-2.87411

Keywords:

अलङ्कार, काव्यशास्त्र, कृत्रिम कवि, रस, सहज कवि

Abstract

प्रस्तुत लेखमा मोतीराम भट्टको कवि भानुभक्तको जीवनचरित्र समालोचना कृतिमा संस्कृत काव्यशास्त्रको प्रयोगका सन्दर्भलाई केन्द्रमा राखेर विवेचना गरिएको छ । कृतिमा प्रयोग भएका संस्कृत काव्यशास्त्रीय मान्यताहरू मूलतः आन्तरिक आनन्द दिने रस र बाह्य आकर्षण प्रदान गर्ने अलङ्कारका धरातलमा विवेचना गरिएको छ । त्यसका लागि कवि भानुभक्तको जीवनचरित्र कृतिलाई प्राथमिक र यस कृतिसँग सम्बन्धित समालोचनात्मक सामग्रीलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । विवेचनाका क्रममा सामग्री सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ भने प्राप्त तथ्यहरूको विवेचना विश्लेषणात्मक विधिबाट गरिएको छ । यसले काव्यशास्त्रीय आधारमा गरिएका समालोचनामा त्यसको प्रयोग सन्दर्भलाई बुभ्mन सहयोग पु¥याउँछ । समालोचना कृतिमा रहेका ‘कवि भानुभक्ताचार्यको जीवनचरित्र’ र ‘कवि भानुुभक्ताचार्यको कविता शक्ति, स्वभाव इत्यादि वर्णन्’ दुई शीर्षकका समालोचनात्मक अभिव्यक्तिलाई भट्टले भानुभक्तको कवित्वको विवेचना गर्दा विभिन्न ठाउँमा रस सिद्धान्तको आधार लिइएको, रसप्रति सचेत रहेको र रस सिद्धान्तलाई आत्मसात् गरेको, अलङ्कारको आड लिएको, सहज कविमा अलङ्कारको अर्थ र शब्दको सम्बन्ध सहज अभिव्यक्त हुने उल्लेख गरेर अलङ्कारलाई आधार मानिएको छ । भट्टको समालोचनामा संस्कृत काव्यशास्त्रका आन्तरिक आनन्द प्रदान गर्ने रस र बाह्य आकर्षणका साथै भावको समेत अभिव्यक्ति दिने अलङ्कारका आधारमा कवित्वको विश्लेषण गरिएकाले भानुभक्त शास्त्रीय दृष्टिले पनि श्रेष्ठ कवि हुन् र मोतीराम शास्त्रीय प्रयोगका दृष्टिले सन्तुलित समालोचक हुन् भन्ने निष्कर्ष निकालिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
21
PDF (नेपाली)
17

Published

2024-12-01

How to Cite

Karki , B. (2024). काव्यशास्त्रीय दृष्टिमा मोतीरामको कवि भानुभक्तको जीवनचरित्र. Humanities and Social Sciences Journal, 16(1-2), 147–155. https://doi.org/10.3126/hssj.v16i1-2.87411

Issue

Section

Research Article