रेमिका थापाका कवितामा अग्रभूमीकरण

Authors

  • Netra Atom नेपाली केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

DOI:

https://doi.org/10.3126/hssj.v16i1-2.87410

Keywords:

अग्रभूमि, अर्थतात्त्विक सम्बन्ध, पुनरुक्ति, विचलन, शैलीविज्ञान, समानान्तरता

Abstract

प्रस्तुत लेखमा रेमिका थापाका कवितामा अग्रभूमीकरणका निम्ति प्रयुक्त शैलीवैज्ञानिक ढाँचाको खोजी गरी तिनको औचित्यको मूल्याङ्कन गरिएको छ । अग्रभूमीकरण भनेको कृतिको निश्चित स्थानमा प्रयुक्त भाषिक ताजापनबाट पाठकको ध्यान केन्द्रित गर्ने साहित्यिक उपकरण हो । रेमिका थापा दार्जिलिङमा सक्रिय कविका साथै नेपाली कवितामा किनारीकरण अभियानकी सहअभियन्ता पनि हुन् । उनको ‘महाकाल सिसिफस’ (सन् २०१९) मा सङ्कलित ‘हिंसा’, ‘कन्ये धरती’ र ‘मूच्र्छना’ कवितालाई यादृच्छिक रूपमा चयन गरी तिनमा प्रयुक्त अग्रभूमीकरणका शैलीवैज्ञानिक ढाँचाहरू पहिचान गरिएको छ । अग्रभूमीकरणका दृष्टिले रेमिका थापाका कविताहरूमा सौन्दर्य अभिव्यञ्जनाका निम्ति केकस्ता प्रविधि र युक्तिहरू प्रयुक्त छन् र तिनले केकस्तो कलात्मक अन्तर्दृष्टि दिएका छन् भन्ने समस्याको समाधानहेतु यस लेखमा उपर्युक्त कवितामा प्रयुक्त समानान्तरता र विचलनको विश्लेषण गरी तिनले प्रकट गरेको सौन्दर्य उद्घाटन गर्ने उद्देश्य रहेका छन् । यस अध्ययनका निम्ति लिच (सन् १९६९) र डथवेइट (सन् २०००) का अग्रभूमीकरणसम्बन्धी शैलीविज्ञानका आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी गुणात्मक शोधअन्तअन्तर्गत चयन गरिएका कविताहरूको पाठगत विश्लेषण गरिएको छ । यस क्रममा समानान्तरताअन्तर्गत बाह्य र आन्तरिक तथा विचलन अन्तर्गत ध्वनितात्त्विक, शाब्दिक, व्याकरणात्मक र आर्थी विचलनका युक्तिहरूलाई अग्रभूमिनिर्माणको मूल्याङ्कन गर्ने आधार बनाइएको छ । यस लेखमा रेमिका थापाका कवितामा बाह्य समानान्तरताका रूपमा ध्वनि, शब्द, पदावली र वाक्यको आवृत्ति तथा आन्तरिक समानान्तरतामा भावको आवृत्तिबाट केन्द्रीकृत अर्थको सम्प्रेषण सम्भव भएको एवम् विचलनका रूपमा ध्वनितात्त्विक र शाब्दिक विचलनको न्यूनता एवम् व्याकरणात्मक र आर्थी विचलनको आधिक्यका कारण विरोधाभास, विपर्यास तथा चिद्वैषम्ययुक्त बिम्बहरूको सिर्जनाबाट रेमिका थापाका कविताको सौन्दर्यमूल्य समृद्ध हुन पुगेको निष्कर्ष निकालिएको छ ।  

 

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Published

2024-12-01

How to Cite

Atom , N. (2024). रेमिका थापाका कवितामा अग्रभूमीकरण. Humanities and Social Sciences Journal, 16(1-2), 134–146. https://doi.org/10.3126/hssj.v16i1-2.87410

Issue

Section

Research Article