ब्रह्मबोध कवितामा ब्रह्मवाद
Keywords:
दर्शन, अस्शिङ्करबोध, ब्रह्मवाद, आत्मा, अद्वैतवाद, वेदान्तAbstract
प्रस्तुत लेख कवि गोन्दिराज विनोदीद्वारा रचित ‘ब्रह्मबोध’ कवितामा अभिव्यक्त ब्रह्मवादको विश्लेषणमा र मूल्याङ्कनमा केन्द्रित रहेको छ । ‘ब्रह्मबोध’ कवितामा विम्ब, अलङ्कार र प्रतीकका माध्यमबाट अभिव्यञ्जित दर्शन, अस्शिङ्कर र कलाको अध्ययन गर्नु यस लेखको उद्देश्य हो । यसको सैद्धान्तिक ढाँचाको रचना गर्दा पूर्वीय चिन्तन परम्परामा रहेको अद्वैत चिन्तनको ब्रह्मवादलाई आधारमा मानिएकाले यो लेख प्रायोगिक, विश्लेषणात्मक र गुणात्मक प्रकृतिको रहेको छ । यस लेखमा पूर्वीय वेदान्त दर्शनको सङ्क्षिप्त चर्चा गर्दै आत्मालाई सत्य र जगत्लाई मिथ्या मान्ने ब्रह्मवादका आधारमा कवि विनोदीको ‘ब्रह्मवाद’ को व्याख्या–विश्लेषण गरिएको छ । यस क्रममा पूर्वीय वेदान्त दर्शनको समेत सङ्क्षिप्त चर्चा गरिएको छ । प्रस्तुत लेखमा ‘ब्रह्मबोध’ कवितामा दार्शनिकता, अस्शिङ्करबोध र कला पक्ष कसरी प्रस्तुत भएको छ भन्ने समस्यालाई केन्द्रमा राखिएको छ । यसको समाधानार्थ पूर्वीय दर्शनको ब्रह्मवादलाई सैद्धान्तिक आधार बनाई यी तीनै युक्तिलाई केलाइएको छ । यस कवितामा ब्रह्मबोध भइसकेपछि कुनै पनि सुख र दुःखको भुमरीबाट मुक्त भई लोभ तथा लाभका घेराबाट स्वतन्त्र र निर्मल अवस्थाको अनुभूति हुने कुरालाई नै मुख्य रूपमा छन्दमय ढङ्गले स्पष्ट पारिएको छ । भ्रमपूर्ण वस्तुको बिगबिगी रहेको भौतिक संसारमा आत्माको यथार्थ रूपलाई पहिचान गरिसकेपछि ती सारा भ्रमको जालोबाट पनि मुक्ति पाइने आशय व्यक्त गरिएको यो कविता नेपाली दार्शनिक कविताको परम्परामा उल्लेखनीय रहेको निष्कर्ष लेखको अन्तमा प्रस्तुत गरिएको छ ।Abstract
66
PDF (Nepali)
0
Downloads
Published
2024-12-01
How to Cite
ब्रह्मबोध कवितामा ब्रह्मवाद. (2024). Humanities and Social Sciences Journal, 16(1-2), 125-133. https://doi.org/10.3126/hssj.v16i1-2.87409
Issue
Section
Research Article
How to Cite
ब्रह्मबोध कवितामा ब्रह्मवाद. (2024). Humanities and Social Sciences Journal, 16(1-2), 125-133. https://doi.org/10.3126/hssj.v16i1-2.87409