नेपाली भाषामा व्याकरणात्मक परिवर्तन
DOI:
https://doi.org/10.3126/hssj.v14i2.58105Keywords:
असामान्यार्थक भाव, मध्यसर्ग, व्याकरणात्मक कोटि, व्याकरणीकरण, वचनव्यवस्थाAbstract
परम्परागत रूपमा रूपतŒव र वाक्यतŒव दुवैमा कालक्रममा देखापरेको परिवर्तन नै व्याकरणात्मक परिवर्तन हो । व्याकरणत्मक परिवर्तन ऐतिहासिक भाषाविज्ञानको महŒवपूर्ण अध्ययन क्षेत्र हो । व्याकरण, व्याकरणात्मक परिवर्तन, भाषिक परिवर्तन, व्याकरणीकरण, भाषाका विभिन्न पक्षको विश्लेषणका सन्दर्भहरू आदि ऐतिहासिक भाषाविज्ञान अध्ययनका आयामहरू हुन् । यी विभिन्न आयामहरूमध्ये यस शोधलेखमा नेपाली भाषामा देखिएको व्याकरणात्मक परिवर्तनलाई अध्ययनको विषयवस्तु बनाइएको छ । ऐतिहासिक भाषाविज्ञानको अध्ययनअन्तर्गत पर्ने हुनाले प्रस्तुत अनुसन्धानमा वर्णनात्मक भाषाविज्ञानको अध्ययनका क्रममा हुने क्षेत्रीय पद्धतिबाट सामग्री सङ्कलन गरिएको छैन । इतिहासको समयक्रममा भएका भाषिक परिवर्तनका पक्षहरूमध्ये व्याकरणमा हुने परिवर्तनका सामग्रीलाई प्राथमिक सामग्रीका रूपमा प्रयोग गरिएको छ र उपलब्ध प्राथमिक सामग्रीलाई भाषिक परिवर्तनको सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । यस शोधलेखको विश्लेषण खण्डमा लिङ्ग, वचन, पुरुष, आदर आदि व्याकरणात्मक कोटिमा भएको परिवर्तन र नेपाली भाषामा देखापरेका व्याकरण परिवर्तनको स्वरूप प्रस्तुत गरिएको छ । प्राचीनकालीन नेपाली भाषाको स्वरूप, समयक्रममा व्याकरणिक क्षेत्रमा देखापरेको परिवर्तन र हाल नेपाली व्याकरणका विभिन्न कोटिहरूको अवस्थालाई निष्कर्षका रूपमा उल्लेख गरिएको छ ।