मैना गीतिकाव्यमा वर्णविन्यास वक्रता
DOI:
https://doi.org/10.3126/hssj.v14i2.58095Keywords:
अन्धविश्वास, नरकवास, यौन क्रीडा, वासनात्मक प्रेमAbstract
प्रस्तुत लेखमा लक्ष्मीप्रसाद देवकोटाको मैना गीतिकाव्यमा वर्णविन्यास वक्रताको स्थितिलाई कुन किसिमले विश्लेषण गर्न सकिन्छ भन्ने प्रमुख जिज्ञासा खडा गरिएको छ । त्यसलाई संस्कृत काव्यशास्त्र अन्तर्गतकुन्तकको वक्रोक्तिवादी सौन्दर्यका छ भेदमध्ये वर्णविन्यास वक्रता पहिलो भेदले मूलतः व्यञ्जन वर्णमा आधारित तथा व्यञ्जनबाट बनेको अक्षरको कवित्वयुक्त अभिव्यक्तिमा हुने आवृत्तिद्वारा चमत्कार उत्पन्न गर्छ भन्ने मान्यतालाई काव्य विवेचनाको आधार बनाइएको छ । यस अध्ययनले समालोचनामा वक्रोक्ति सौन्दर्यको अवस्था पहिचान गर्न सहयोग पुग्नेछ । यस लेखमा पुस्तकालयीय विधिबमोजिम लक्ष्मीप्रसाद देवकोटाको मैनागीतिकाव्यलाई प्राथमिक स्रोत सामग्री र वक्रोक्ति चिन्तनसँग सम्बद्ध ज्ञानमूलक समालोचनाहरूलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ ।विश्लेषण गर्दा निगमनात्मक विधिलाई अवलम्बन गरिएको छ । मैना गीतिकाव्यमा लोग्ने स्वास्नीको बेमेलबाट लोग्नेको हत्या, देवरसँगको यौन सम्बन्ध सार्वजनिक हुने डरले छोरीको समेत हत्यालाई देखाएर देवर भाउजू नरकमा परेको सन्देशसँगै वियोगान्त अवस्थालाई प्रस्तुत गर्ने क्रममा वर्णविन्यास वक्रताको चामत्कारिक प्रयोगले काव्य भाषिक रमणीयता र लय माधुर्यले विशिष्ट छ भन्ने निष्कर्ष निकालिएको छ ।