लङ्गडाको साथी उपन्यासमा क्षण

Authors

  • हरिप्रसाद सिलवाल त्रिभुवन विश्वविद्यालय, रत्न राज्यलक्ष्मी क्याम्पस

DOI:

https://doi.org/10.3126/hssj.v13i2.49818

Keywords:

करुणा, परिघटना, युग चेतना, साहित्यको समाजशास्त्र

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख उपन्यासकार लैनसिंह बाङदेलद्वारा रचिएको लङ्गडाको साथी उपन्यासमा व्यक्त समाजशास्त्रीय पक्षहरूको विश्लेषणमा आधारित रहेको छ । यसनिम्ति पश्चिमी विद्वान् हिप्पोलाइट तेनको साहित्यको समाजशास्त्रीय सिद्धान्तको उपयोग गरिएको छ । यसमा लङ्गडाको साथी उपन्यासमा प्रयुक्त क्षणगत अनुभूतिको अभिव्यञ्जनालाई शोध समस्याका रूपमा लिइएको छ । क्षणका मान्यता साहित्यको समाजशास्त्रीय सिद्धान्तअन्तर्गत रहेको एक महत्त्वपूर्ण पक्ष हो । लङ्गडाको साथी उपन्यासमा क्षणको अभिव्यक्ति के कसरी प्रकट भएको छ भन्ने प्राज्ञिक समस्याको निरूपण गर्नु प्रस्तुत आलेखको उद्देश्य रहेको छ । गुणात्मक अनुसन्धान तथा विश्लेषणात्मक विधिको प्रयोग गरिएको यस लेखमा पुस्तकालयीय स्रोतअन्तर्गत रही लङ्गडाको साथी उपन्यासलाई प्राथमिक साम्रगी र सम्बद्ध रहेका अन्य सामग्रीलाई द्वितीयक सामग्रीका रूपमा प्रयोग गरिएको छ । प्रस्तुत आलेखमा उक्त उपन्यासमा निहित क्षणको निक्र्योल गरिएको छ । यस आलेखमा सामाजिक यथार्थका सापेक्षतामा तत्कालीन समाजमा मानवीय सद्भाव र युगचेतना ह्रासोन्मुख एवं कमजोर बनेको औपन्यासिक अभिव्यञ्जना लङ्गडाको साथी उपन्यासमा प्रकट भएको मूल प्राप्ति प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
35
PDF
25

Downloads

Published

2022-12-01

How to Cite

सिलवाल ह. . (2022). लङ्गडाको साथी उपन्यासमा क्षण. Humanities and Social Sciences Journal, 13(2), 208–215. https://doi.org/10.3126/hssj.v13i2.49818

Issue

Section

Research Article