पिकदूत खण्डकाव्यमा ध्वन्यात्मक सौन्दर्य

Authors

  • विनोद कार्की त्रिभुवन विश्वविद्यालय, रत्न राज्यलक्ष्मी क्याम्पस

DOI:

https://doi.org/10.3126/hssj.v13i2.49817

Keywords:

अस्तित्व, सम्यक् प्रेम्, सम्यक् विश्वास, संयोगान्त

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा पिकदूत खण्डकाव्यमा ध्वन्यात्मक सौन्दर्यको अवस्था कस्तो रहेको छ भन्ने मूल जिज्ञासा उठाई विश्लेषण गरिएको छ । यसका लागि संस्कृत काव्यशास्त्र अन्तर्गत आनन्दवद्र्धनको ध्वनिवादी सौन्दर्यका आश्रयगत र स्वरूपगत स्थापित मान्यतालाई काव्य विवेचनाको आधार बनाइएको छ । यस गुणात्मक अध्ययनले समालोचनामा ध्वन्यात्मक सौन्दर्यको अवस्था पहिचान गर्ने कार्यलाई सहयोग पु¥याउनेछ । यस लेखमा पुस्तकालयीय विधि बमोजिम मोतीराम भट्टको पिकदूत खण्डकाव्यलाई प्राथमिक स्रोत सामग्री र सौन्दर्य चिन्तनसँग सम्बद्ध जानकारीमूलक समालोचनाहरूलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । विश्लेषण गर्दा निगमनात्मक विधिलाई स्वीकार गरिएको छ । पिकदूत खण्डकाव्यमा प्रेमी प्रेमिका अर्थात् पति पत्नीको विछोडमा पक्षीले सन्देश पु¥याई दिइएको सन्दर्भलाई चित्रण गर्ने क्रममा कोसिस गरेमा र धैर्य गर्न सकेमा मिलन सम्भव छ भन्ने काव्यको संयोगान्त सन्देशमा आश्रयगत अनि स्वरूपगत ध्वनिको प्रयोगले काव्य रमणीय तथा शोभनीय छ भन्ने ध्वन्यात्मक सौन्दर्यमा आधारित निष्कर्ष निकालिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
15
PDF
32

Downloads

Published

2022-12-01

How to Cite

कार्की व. . (2022). पिकदूत खण्डकाव्यमा ध्वन्यात्मक सौन्दर्य . Humanities and Social Sciences Journal, 13(2), 197–207. https://doi.org/10.3126/hssj.v13i2.49817

Issue

Section

Research Article