नेपाली गीतमा प्रतिनिधित्व र पहिचान

Authors

  • गीता थपलिया त्रिपाठी त्रिभुवन विश्वविद्यालय, रत्न राज्यलक्ष्मी क्याम्पस

DOI:

https://doi.org/10.3126/hssj.v13i2.49815

Keywords:

जातीय विभेद, लैङ्गिकता, वर्गीय, सीमान्तीय

Abstract

प्रस्तुत अध्ययनमा नेपाली गीतमा अभिव्यक्त सीमान्तीय प्रतिध्वनिलाई प्रतिनिधित्व र पहिचानका मान्यतामा आधारित भएर विश्लेषण गरिएको छ । सीमान्तीय अध्ययन सांस्कृतिक अध्ययनको एउटा महत्त्वपूर्ण सैद्धान्तिक अवधारणा हो । यसले इतिहासलाई समाजको तल्लो वर्गका आधारबाट हेरिनुपर्छ भन्ने सैद्धान्तिक मान्यता राखेको छ । प्रतिनिधित्व, पहिचान, उत्पीडन र प्रतिरोध सीमान्तीय विश्लेषणका पर्याधार हुन् । यस अध्ययनमा नेपाली गीतमा प्रकट भएका वर्गीय, जातीय र लैङ्गिक स्थितिलाई प्रतिनिधित्व र पहिचानका आधारमा अध्ययन गरिएको छ । यसका लागि आधुनिक नेपाली गीतका स्रष्टा लक्ष्मीप्रसाद देवकोटादेखि खुसीराम पाख्रिनसम्मका गीतहरूको अध्ययन गरी साक्ष्य लिइएको छ । ती साक्ष्यलाई पाठपरक विश्लेषण विधिका आधारमा अध्ययन तथा मूल्याङ्कन गरिएको छ । यसबाट नेपाली गीतमा वर्गीय, जातीय र लैङ्गिक प्रतिनिधित्व र पहिचानसम्बन्धी चिन्तन प्रखर रूपमा प्रकट भएको निष्कर्ष प्राप्त भएको छ । 

Downloads

Download data is not yet available.
Abstract
36
PDF
32

Downloads

Published

2022-12-01

How to Cite

थपलिया त्रिपाठी ग. . (2022). नेपाली गीतमा प्रतिनिधित्व र पहिचान. Humanities and Social Sciences Journal, 13(2), 174–183. https://doi.org/10.3126/hssj.v13i2.49815

Issue

Section

Research Article