अनात्मलक्षण सूत्रमा पञ्चस्कन्धको अनात्म भाव

Authors

  • Suresh Nakarmi Lumbini Buddhist University

DOI:

https://doi.org/10.3126/hj.v16i1.76383

Keywords:

अनात्मवाद, त्रिलक्षण, नामरूप, पञ्चस्कन्ध, सत्कायदृष्टि

Abstract

पूर्वीय दर्शनमा आस्तिकता र नास्तिकताका अवधारणा विद्यमान छन् । आस्तिकहरू आत्माको अस्तित्वमा विश्वास गर्छन्, आत्माको नित्यतालाई स्वीकार गर्छन् भने नास्तिकहरू त्यसबाट अलग छन् । ईश्वर, आत्मा, परमात्मालाई स्वीकार नगर्ने पूर्वीय तीन नास्तिक दर्शनहरूमध्ये बौद्ध दर्शन अनात्मवादी मानिन्छ । बुद्धद्वारा देशना गरिएको अनात्मसँग सम्बन्धित दोस्रो उपदेश अनात्मलक्षण सूत्र हो । यस सूत्रको श्रवण पश्चात् ती पाँचै जना श्रोतापन्न भिक्षुहरू अर्हत् अर्थात् निर्वाणको अन्तिम मार्गमा पुगेका थिए । यस सूत्रले ‘म’ र ‘मेरो’ भन्ने मानसिकताले ग्रसित मनोभावको अनित्यता, दुःख र अनात्मलाई उजागर गरेको छ । हाम्रो शरीरलाई नामरूपधारी पञ्चस्कन्धको संज्ञा दिएर बुद्धले रूप, वेदना, संज्ञा, संस्कार र विज्ञानलाई अलग अलग छुट्याई आफ्नो शरीरको अवलोकन गर्दै त्यसको परिवर्तनशीलतालाई नियाल्ने अभ्यास गर्न उपदेश दिएका छन् । यस लेखले अनात्मलक्षणसूत्र उल्लेखित पञ्चस्कन्धहरूको अनात्मलाई विश्लेषण गर्ने उद्देश्य रहेकोे छ । यस लेखमा बौद्ध जगतमा यस सूत्रको बुझाई कति महत्वपूर्ण छ ? मानवीय जीवनको सार्थकता पूरा गर्न अनित्यतालाई बुझ्नु किन आवश्यक छ ? भन्ने पक्षलाई अध्ययनको मुख्य विषय बनाइएको छ । अध्ययनमा मूलतः गुणात्मक विधिद्वारा तथ्यहरूको विश्लेषण गरिएको छ । मूल पालि भाषाका ग्रन्थहरू प्राथमिक स्रोत र अनात्मलक्षण सूत्रसँग सम्बन्धित प्रकाशित लेखहरू द्वितीय स्रोतका रूपमा तयार पारिएको छ । यस लेखको उपलब्धि अनात्मलक्षण सूत्रलाई वैज्ञानिक खोजबाट अनात्मको धर्म स्वभाव परिवर्तनशील हुने पुष्टी गरेको छ । यस लेखको निष्कर्ष सांसरिक दुःखलाई साक्षात्कार गर्दै अनित्यको अभ्यासद्वारा अनात्मको धर्मलाई जान्न सकेमा निर्वाणको मार्ग पहिल्याउन सकिन्छ ।

Downloads

Abstract
16
pdf
17

Author Biography

Suresh Nakarmi, Lumbini Buddhist University

Researcher, Theravada Buddhist Academy

Downloads

Published

2025-03-07

How to Cite

Nakarmi, S. (2025). अनात्मलक्षण सूत्रमा पञ्चस्कन्धको अनात्म भाव. Historical Journal, 16(1), 194–201. https://doi.org/10.3126/hj.v16i1.76383

Issue

Section

Research Article