प्रतिध्वनिहरू विस्मृतिका उपन्यासमा अनुभूतिको संरचना

Authors

  • Deepak Prasad Gautam Tribhuvan University

DOI:

https://doi.org/10.3126/hj.v16i1.76379

Keywords:

अनुभूति, प्रतिध्वनि, विस्मृतिका, समाजशास्त्रीय सिद्धान्त, सामाजिक सम्बन्ध

Abstract

प्रस्तुत लेखमा लीलबहादुर क्षत्रीद्वारा लेखिएको प्रतिध्वनिहरू विस्मृतिका उपन्यासलाई मूल आधार बनाएर भारतका आसाम, गोहाटी र सिलाङका विभिन्न भूभागमा बसोबास गर्ने नेपाली र नेपालीतर समाजका व्यक्तिका मनभित्र रहेका संवेदनालाई प्रमुख आधार बनाइएको छ । यसमा साहित्यको समाजशास्त्रीय सिद्धान्तका निम्ति महत्त्वपूर्ण तत्त्व मानिएको अनुभूतिको संरचनाको मान्यतामा चर्चा गर्ने क्रममा कस्ता खाले भावनालाई मूर्त र अमूर्त वस्तु मान्ने बारे खोजी गरिएको छ । यस लेखमा भारतको गोहाटी र आसाममा बस्ने नेपाली र नेपालीतर समाजमा बस्ने व्यक्तिका मनभित्र अनुभूतिको संरचना के कस्ता रहेका छन् तथा उनीहरूको सामाजिक, आर्थिक र मनोवैज्ञानिक भावनालाई किन र कुन तरिकाले अनुभूतिको संरचना रूपमा लिइएको छ भन्ने साहित्यको समाजशास्त्रीय मूल्य र मान्यताका रूपमा देखाउने कार्यलाई समस्याकथन मानिएको छ । तिनै समस्यालाई निराकरण गनुपर्ने कार्यलाई यसको उद्देश्यकथन मानिएको छ । उक्त सन्दर्भमा सोधखोज र व्याख्या विश्लेषण पद्धतिका साथै सत्यापन र अर्थापन विधिलाई उल्लेख गरिएको छ । प्रस्तुत लेखमा अगष्ट कोम्ते र अल्भिन डब्लु गोल्डनरलगायत आदि समाजशास्त्रीले उल्लेख गरेका साहित्यको समाजशास्त्र अन्तर्गतको सिद्धान्तलाई अनुभूतिको संरचनामा माध्यमबाट उल्लेख गरिएको छ । प्रस्तुत लेखमा साहित्यको समाजशास्त्रीय सिद्धान्तका आधारमा भारतको आसाम र गोहाटी क्षेत्रमा बसोबास गर्ने नेपाली र नेपालीतर जातिका आवेश, संवेग, यौन तथा कुण्ठाको चिरफार गर्ने कार्यलाई मुख्य छलफलको विषय मानिएको छ । त्यस समाजमा बसोबास गर्ने विभिन्न जातिका मान्छेले मान्ने चाडपर्व, रीतिरिवाज, संस्कृति, भेषाभूषा, लबाइखवाइ, पेसा, व्यवसाय र कला आदिले प्रभाव पारेका क्रियाकलापलाई साहित्यको समाजशास्त्रीय सिद्धान्तका अनुभूतिको संरचनाको खोजी गरेर अध्ययन गर्ने कार्यलाई उक्त उपन्यासको निचोडका रूपमा देखाइएको छ । यस उपन्यासमा उल्लेख भएका पात्रसँग जोडिएर आएका गतिविधिलाई साहित्यको समाजशास्त्रीय सिद्धान्तका आधारमा अनुभूतिको संरचनाका माध्यमबाट उल्लेख गरिएको छ ।

Downloads

Abstract
14
pdf
13

Author Biography

Deepak Prasad Gautam, Tribhuvan University

Lecturer, Department of Nepali, Patan Multiple Campus

Downloads

Published

2025-03-07

How to Cite

Gautam, D. P. (2025). प्रतिध्वनिहरू विस्मृतिका उपन्यासमा अनुभूतिको संरचना. Historical Journal, 16(1), 142–157. https://doi.org/10.3126/hj.v16i1.76379

Issue

Section

Research Article