थेरवादी बौद्ध धर्ममा महापरित्राण सूत्रपाठ

Authors

  • Dik Bahadur Rai Tribhuvan University

DOI:

https://doi.org/10.3126/hj.v16i1.76376

Keywords:

देशना, भय, मंगलकार्य, रोगव्याधि, शोक

Abstract

बुद्धको समयकालदेखि नै परित्राण सूत्रको पाठ गर्ने प्रचलन शुरू भएको मानिन्छ । थेरवाद परम्परामा महापरित्राण सूत्रको पाठ थेरवाद बौद्ध सम्प्रदायमा आवद्ध भिक्षु भिक्षुणी, श्रामणेर, श्रामणेरी लगायत उपासक उपासिका सबैले महापरित्राणको पाठ गर्ने प्रचलन हालसम्म यथावत रूपमा विद्यमान छ । विभिन्न समय, परिस्थिति र आवश्यकताअनुसार बुद्धले विभिन्न बिषयमा विभिन्न प्रकारको देशनाहरू गरेका थिए । उनले सबै देशनामा मानव लगायत सबै प्राणीलाई भय, रोग, विघ्नवाधा, अनिष्ट, शोक आदिबाट बचाउनको लागि र सबैको कल्याणको निमित्त दिएको हो । बुद्धका देशनाबाट छनौट गरिएका प्रमुख सूत्रहरूको संग्रह ‘महापरित्राण सूत्र’ हो । पाठबाट मानिसमा चित्तको शुद्धता आई यसले मानव जीवनमा सकारात्मक मनोवैज्ञानिक प्रभाव पारी यसबाट कुशल कर्ममा सहयोग पुग्ने विश्वास रहेको छ । बुद्धवचनको रूपमा धेरै महत्व रहेको महापरित्राण सूत्रपाठको जानकारी कम मानिसहरूमात्र जानकारी रहेको पाइयो । यस लेखमा मूल पालि ग्रन्थ, र जनसमाजमा प्रचलनमा रहेको परम्परालाई जोड दिएर गुणात्मक विधि अपनाइएको छ । साथै सांस्कृतिक र आध्यात्मिक पक्षको व्याख्या गर्न वर्णनात्मक र व्याख्यात्मक अनुसन्धान विधि अपनाइएको छ । यस लेख लेख्नलाई बुद्धवचन संग्रहित पालि ग्रन्थहरूलाई प्राथमिक श्रोत र अन्य विद्वानवर्गहरूबाट रचना गरिएका लेखहरूलाई द्वितिय श्रोतको रूपमा प्रयोग गरिएको छ । मानव जीवनमा आउने विभिन्न समस्याअनुसार समाधान हुने सूत्रहरू परित्राण पाठमा समावेश भएको पाइएको छ । बुद्धको उपदेशसहित समावेश भएको महापरित्राण सूत्रपाठलाई श्रद्धापूर्वक पाठ र श्रवणका साथै व्यवहारमा अभ्यास गरेमा निर्वाणसम्मको मार्ग तय गर्न सक्दछ भन्ने विश्वास रहेको छ ।

 

Downloads

Abstract
17
pdf
20

Author Biography

Dik Bahadur Rai, Tribhuvan University

PhD. Scholar, Centre Department of Buddhist Studies

Downloads

Published

2025-03-07

How to Cite

Rai, D. B. (2025). थेरवादी बौद्ध धर्ममा महापरित्राण सूत्रपाठ. Historical Journal, 16(1), 111–127. https://doi.org/10.3126/hj.v16i1.76376

Issue

Section

Research Article