मिलारेपाको नेपाल आगमनपछि बौद्ध धर्ममा थपिएका आयामहरू

Authors

  • Kalapana Parajuli National Archive

Keywords:

काग्युपा, फकिर, महामुद्रा, मोक्ष, सिद्धि

Abstract

मिलारेपाले आफ्नो जीवनको शुरूवाती चरणमा प्रतिशोध लिनका लागि कुविद्या सिकेर मान्छेहरु मार्ने तथा शत्रु पक्ष भनिएकाहरुको कुभलो गरेर पाप कर्म गरेता पनि पछि सत्धर्मको अभ्यासले एकै जीवनमा मोक्ष प्राप्त गर्न सक्नु नै एक नयाँ र महान् उपलब्धि हो । मिलारेपाको उदयले बौद्ध धर्मलाई ध्यान, तपस्या, क्षमा, र व्यक्तिगत साधनाको माध्यमबाट बोध प्राप्त गर्न प्रेरित गर्यो । एकै जन्ममै उनले पापबाट मुक्त भएर शुद्धि र मुक्ति सम्भव छ भन्ने दृष्टिकोण स्थापित गरे । यसले बौद्ध धर्मलाई थप जीवन्त, व्यवहारिक र प्रेरणादायी बनायो । मिलारेपा एक सिद्ध महायोगीले ध्यान साधनापछि प्राप्त भएका ज्ञानहरूले बौद्ध धर्ममा केही नयाँ आयामहरू थपिएका छन् । सोही नयाँ आयामहरू के–के थपिएका छन् ? भन्ने यस लेखको प्रश्न रहेको छ । मिलारेपाको साधनाबाट प्राप्त भएका नयाँ ज्ञानहरुको खोजी गर्नु यस अनुसन्धानात्मक लेखको उद्देश्य रहेको छ । यसमा ऐतिहासिक वर्णनात्मक लेखन शैली अवलम्बन गरिएको छ । बुद्ध धर्ममा मिलारेपाका साधना प्रणालीबाट १२ वटा आयामहरु थपिएका छन् । मिलारेबाट थपिएका नयाँ आयामहरुका बारेमा यस अनुसन्धानात्मक लेखमा वर्णनात्मक शैलीमा विश्लेषण गरिएको छ ।

 

Abstract
165
pdf
0

Author Biography

Kalapana Parajuli, National Archive

Officer

Downloads

Published

2025-03-07

How to Cite

Parajuli, K. (2025). मिलारेपाको नेपाल आगमनपछि बौद्ध धर्ममा थपिएका आयामहरू. Historical Journal, 16(1), 101-110. https://doi.org/10.3126/hj.v16i1.76375

Issue

Section

Research Article

How to Cite

Parajuli, K. (2025). मिलारेपाको नेपाल आगमनपछि बौद्ध धर्ममा थपिएका आयामहरू. Historical Journal, 16(1), 101-110. https://doi.org/10.3126/hj.v16i1.76375