एक चिहान उपन्यासमा वर्गीय र लैङ्गिकशक्ति सम्बन्ध

Authors

  • Chaturbhuja Lal Kewarat Tribhuvan University

DOI:

https://doi.org/10.3126/hj.v15i2.70685

Keywords:

उपन्यास, चिहान, सामाजिक, शक्ति, लैङ्गिकता

Abstract

एक चिहान उपन्यासमा शक्तिसम्बन्धको प्रस्तुत लेख फ्रान्सेली दार्शनिक मिसेल फुकोको शक्ति सिद्धान्तमा आधारित रहेको छ । शक्तिसम्बन्ध सामाजिक संरचनामा छरिएको हुन्छ । समाजका सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक गतिविधिमा शक्तिका गतिविधि सञ्चालित हुन्छन् । प्रस्तुत अनुसन्धानमूलक लेखमा आर्थिक पक्षसँग सम्बन्धित वर्गीय शक्तिसम्बन्ध र सामाजिक पक्षअन्तर्गत पर्ने सामाजिक लिङ्गसँग सम्बन्धित लैङ्गिक शक्तिसम्बन्धका आधारमा एक चिहान उपन्यासको विश्लेषण गर्ने उद्देश्य राखिएको छ । शक्तिसम्बन्धमा दुइटा पक्षका शक्तिसम्बन्धलाई केलाएर हेरिन्छ । शक्तिसम्बन्धमा एउटा पक्ष प्रभुत्वशाली हुन्छ भने अर्को पक्ष कमजोर हुन्छ । शक्ति विमर्शमा सत्तासीन पक्ष दमनकारी हुन्छ भने सत्ताबाहिर बस्ने पक्ष दमित हुन्छ । शक्ति विमर्शअन्तर्गत वर्गीय दृष्टिकोणबाट अध्ययन गर्दा आधार पक्षमा पहुँच भएको र नियन्त्रण कायम गर्ने अभिजात वर्ग शक्तिशाली हुन्छ भने आधार पक्षमा पहुँच नभएको श्रमिक वर्ग चाहिँ कमजोर हुन्छ । त्यसैगरी लैङ्गिक विश्वदृष्टिका आधारमा पितृसत्तात्मक सामाजिक विमर्शात्मक संरचनामा पुरुष निर्णायक र शक्तिशाली भूमिकामा रहन्छ । त्यहीँनेर महिला भने अधीनस्थ भूमिकामा रहन्छ । एक चिहान सामाजिक यथार्थवादी उपन्यास हो । यस उपन्यासमा काठमाडौँ उपत्यकाका नेवार समुदायमा विद्यमान वर्गीय असमानता र पितृसत्तात्मक संस्कृतिलाई बडो सजगताका साथ चित्रण गरिएको छ । एक चिहानबारे विभिन्न दृष्टिकोणबाट विश्लेषण भए पनि हालसम्म शक्तिसम्बन्धका आधारमा अध्ययन नगरिएकाले प्रस्तुत लेखमा सोही विषयमा केन्द्रित भई अध्ययन गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
14
pdf
3

Author Biography

Chaturbhuja Lal Kewarat, Tribhuvan University

Lecturer, Department of Nepali, Patan Multiple Campus

Downloads

Published

2024-10-21

How to Cite

Kewarat, C. L. (2024). एक चिहान उपन्यासमा वर्गीय र लैङ्गिकशक्ति सम्बन्ध. Historical Journal, 15(2), 95–103. https://doi.org/10.3126/hj.v15i2.70685

Issue

Section

Research Article