विभिन्न स्थानमा मनाइने विस्काः जात्रा

Authors

  • Balaram Kayastha Tribhuvan University

DOI:

https://doi.org/10.3126/hj.v15i2.70683

Keywords:

नेपालमण्डल, भैरव–भद्रकाली, मेष सङ्क्रान्ति, विश्वध्वजा, सांस्कृतिक परम्परा

Abstract

विस्काः जात्रा भक्तपुरमा मनाइन्छ भन्ने तथ्यसँग प्रायः सबै जानकार भए पनि त्यसै अवसरमा यो जात्रा भक्तपुरका अतिरिक्त त्यस वरपरका अन्य थुप्रै प्राचीन नेवार वस्ती बोडे, थिमी, नगदेश, काभ्रेको सांगा, खड्पु, धुलिखेल र काठमाडौँको टोखा पनि मनाइन्छ । भक्तपुरको मौलिक जात्रा विस्काःको प्रभाव अन्यत्र पर्नुको कारण खोतल्दै जात्राका समग्र गतिविधिलाई अध्ययन गर्दा यो विशुद्ध रूपको धार्मिक जात्रा भएको पुष्टि हुन्छ । धार्मिक पृष्ठभूमिमा आधारित भए पनि यस पछाडिको साँस्कृतिक परम्परामा भने एकरूपता नभै ठाउँ पिच्छे भिन्नता रहेको छ । यसैले यसमा कतै ध्वजारोहणका साथ स्थानीय देवदेवीका खटजात्रा गरेर चाड मनाइन्छ भने कतै खटजात्रा मात्र गरेर विस्काः जात्रा मनाइन्छ, कतै आपसमा फुस्रो सिन्दूर छर्केर, कतै जिब्रो छेड्ने जात्रा गरेर त कतै नदी, कुण्ड आदिमा गएर स्नान, दान, धर्म, पुण्य आदि कार्य गरेर यो जात्रा मनाइन्छ । तर विस्काः जात्राको विशेषता भनेको विशाल विश्वध्वजासहितको लिङ्गो उठाएर जात्रा गर्नु हो । भक्तपुर, बोडे, साँगा, खड्पु र टोखामा लिङ्गो उठाउने परम्परा छ । तर भक्तपुर र टोखामा मात्र विश्वध्वजासहित लिङ्गो उठाइन्छ ।

Downloads

Download data is not yet available.
Abstract
15
pdf
11

Author Biography

Balaram Kayastha, Tribhuvan University

Associate Professor, Central Department of History

Downloads

Published

2024-10-21

How to Cite

Kayastha, B. (2024). विभिन्न स्थानमा मनाइने विस्काः जात्रा. Historical Journal, 15(2), 120–129. https://doi.org/10.3126/hj.v15i2.70683

Issue

Section

Research Article