ऋषि परम्परा र दर्शनहरू

Authors

  • Peshal Kumar Niraula Tribhuvan University
  • Neel Kumar Chhetri Tribhuvan University

DOI:

https://doi.org/10.3126/hj.v15i2.70678

Keywords:

दर्शन, ब्राह्मण, ऋषि, वैदिक परम्परा, समाज

Abstract

ऋषि परम्परा भनेको वैदिक सनातन धर्ममा शिक्षा र ज्ञान उत्पादनको प्राचीन प्रणाली मानिन्छ । यो परम्परा दक्षिण एशिया वा भारतखण्डको संस्कृतिको मुख्य सार मानिन्छ । ऋषि वा बुद्धिजीविले संसारलाई विद्यादान गरेको पाइन्छ । ज्ञान उत्पादनका सामग्री संसारबाट नै लिन्थे । यस लेखमा ऋषिमुनिहरूको परम्परा र दर्शनको ऐतिहासिकता र सामाजिक वैधानिकताबारे उजागर गरी कल्याणकारी राज्यको प्रतिबिम्ब देखाइएको छ । तात्कालीन समयका ऋषिहरूको विभिन्न दर्शनहरूको अध्ययनलाई गरी तुलनात्मक विधिलाई अपनाइएको छ । ऋषिहरूको दर्शन प्राचीनकालदेिख नै ज्ञान र संस्कृतिको मुख्य स्रोतको रूपमा स्थापित भएको पाइन्छ । यसैकोे पृष्ठभूमिमा रहेर आर्थिक अवस्था र राजनीतिक स्थिरतामा अन्योन्याश्रित हुँदा दर्शनहरूले सामाजिक, आर्थिक समानतालाई वैधानिकता दिएको अथवा असमानताको स्थितिलाई परिवर्तन गर्न प्रेरणा दिएको देखिन्छ । आदर्शवादी दर्शनले शासक वर्गको स्वार्थलाई सेवा गर्छ भने यथार्थवादी दर्शनले समाज परिवर्तनलाई महत्त्व दिएको पाइन्छ । वेदान्त र बौद्ध दर्शनको जरो आध्यात्मिक र अधिभौतिक अन्वेषणममा निहित रहेको देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
12
pdf
8

Author Biographies

Peshal Kumar Niraula, Tribhuvan University

Lecturer, CNAS

Neel Kumar Chhetri, Tribhuvan University

Lecturer, CNAS

Downloads

Published

2024-10-21

How to Cite

Niraula, P. K., & Chhetri, N. K. (2024). ऋषि परम्परा र दर्शनहरू. Historical Journal, 15(2), 111–119. https://doi.org/10.3126/hj.v15i2.70678

Issue

Section

Research Article