पाठक प्रतिक्रिया समालोचनाको सैद्धान्तिक अवधारणा

Authors

  • Pashupati Neupane Tribhuvan University

DOI:

https://doi.org/10.3126/hj.v15i2.70677

Keywords:

अन्तरक्रिया, अर्थउत्पादन, कारोबारी, समालोचना, समुदाय

Abstract

प्रस्तुत अध्ययनमा पाठक प्रतिक्रिया समालोचनाको सैद्धान्तिक अवधारणाबारे चर्चा गरिएको छ । पाठक प्रतिक्रिया समालोचनाको सैद्धान्तिक अवधारणा के–कस्तो छ र कसरी पाठक प्रतिक्रिया समालोचना गर्न सकिन्छ भन्ने मूल शोधप्रश्नमा केन्द्रित भई यस अध्ययनलाई पूर्ण गरिएको छ । खास गरी रुसी रूपवाद र नवसमालोचनाको प्रतिवाद गर्दै पाठक प्रतिक्रिया समालोचना सिद्धान्त अस्तित्वमा आएको हो । पाठकको अन्तरक्रिया पाठसँग हुन्छ र पाठकले नै पाठ अनि लेखकलाई अस्तित्त्वमा ल्याउँछ भन्नु यसको मर्म हो । यसले किन, कहिले र कहाँ पाठ पढियो भन्ने कुराको विशेष रूपमा परीक्षण गर्छ । साहित्यिक लेखहरू मानवीय सिर्जना हुन् र तिनलाई निर्माण गर्ने अनि अर्थ प्रदान गर्ने काम पाठकहरूले गर्दछन् भन्नु नै यसको ठोस अवधारणा हो । पाठकले आफ्नो प्रतिक्रिया निश्चित अवस्था र समुदायसँग सम्बन्धित भएर दिन्छ । किताबको उत्पत्ति एक साहित्यिक कार्यका रूपमा पाठ र पाठकहरू बिचको लेनदेनबाट हुन्छ र यस प्रक्रियामा दुवै पक्ष उत्तिकै सक्रिय र महत्त्वपूर्ण हुन्छन् भन्ने धारणा कारोबारी पाठक प्रतिक्रिया सिद्धान्तको छ । भावात्मक शैलीविज्ञानमा अध्ययनको प्रक्रियाले पाठकलाई कसरी असर पार्छ अनि यसरी अध्ययन गर्दा किन पाठका हरफ हरफ र शब्द शब्द अध्ययन गर्नु आवश्यक छ भन्ने कुरामा जोड दिइन्छ । पाठक प्रतिक्रिया समलोचना गर्ने पद्धतितर्फ सङ्केत गर्दै समालोचनामा पाठक केन्द्रीत दृष्टिकोणको स्थापना पाठक प्रतिक्रिया समालोचनाले गरेको छ भन्ने निष्कर्ष यस अध्ययनले दिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
12
pdf
3

Author Biography

Pashupati Neupane, Tribhuvan University

Lecturer, Department of Nepali, Patan Multiple Campus

Downloads

Published

2024-10-21

How to Cite

Neupane, P. (2024). पाठक प्रतिक्रिया समालोचनाको सैद्धान्तिक अवधारणा. Historical Journal, 15(2), 104–110. https://doi.org/10.3126/hj.v15i2.70677

Issue

Section

Research Article