विराटनगरको बस्ती विकासको इतिहास

Authors

  • Vijay Prasad Mishra Tribhuvan University, Nepal

DOI:

https://doi.org/10.3126/hj.v14i2.59076

Keywords:

अमानत, कचहरी, तहलट्टी, मटियामेट, विराटमार्गी

Abstract

नेपालको कोशी प्रदेशको राजधानी विराटनगरको पुरानो नाम नेपालगञ्ज र त्यसपछि चन्द्रगञ्ज थियो । यहाँको पुरानो बस्तीको नाम गोग्राहाघाट हो । भाषाविज्ञ बालकृष्ण पोखरेलले एकप्रसङ्गमा ‘गोग्राहा, नेपालगञ्ज र चन्द्रगञ्जभन्दा विराटनगर कान्छो नाम हो’ भनी उल्लेख गरेका छन् । अहिलेको विराटनगरमा मोरङ्को सदरमुकाम आउनुभन्दा अघि गोग्राहा, खार्जी, पोखरीया, तीनपैनी, शंकरपुर, महुवा, गहेली, जहदा, बकरी, रानी जस्ता बस्तीहरू थिए । त्यतीखेरको मूख्यबस्ती दक्षिणमा रानीतिर नै केन्द्रित थियो । उत्तरतर्फ जंगल थियो । कालाज्वरको विगविगी भएकोले यहाँ बसोबास गर्न कोही मान्दैनथे । खेती र बस्ती विकासका लागि राणाहरूले विराटनगर क्षेत्रमा बस्न आउनेहरूको लागि ‘अफर’ दिएकाले थारु, राजवंशी, धिमाल लगायतका आदिवासी, जनजाति, माडवारी, नेवार, मधेसीमूलका व्यापारीहरू र कर्मचारी, व्यापारी र किसानका रुपमा गएका क्षेत्री ब्राम्हणहरूको संगमस्थल भई आज विराटनगर महानगरपालिका भएको छ । नेपालको पहिलो औद्योगिक सहरको रुपमा चिनिएको विराटनगरको बस्ती विकासमा कृष्णप्रसाद कोइराला नेवार र माडवारी समुदायको महत्वपूर्ण योगदान रहेको छ । पाँचजना प्रधानमन्त्री जन्माएको विराटनगरले राजनीतिक सहरको पनि परिचय बनाएको छ । भारत, चीन, बङ्गलादेश र भुटानको गेटवेको रुपमा रहेको विराटनगर कोशी प्रदेशको राजधानी तथा महानगरपालिका भएपछि बिराटनगरको बस्ती विकाससंगै शैक्षिक र स्वास्थ्य हव बन्न सफल भएको छ । राजनीतिक खिचातानीले गर्दा विराटनगरको बस्ती विकास जुन रफ्तारमा हुनुपर्ने हो, त्यो हुन सकेको देखिदैन ।

Downloads

Download data is not yet available.
Abstract
99
pdf
78

Author Biography

Vijay Prasad Mishra, Tribhuvan University, Nepal

Associate Professor Department of History and Buddhist Studies, Patan Multiple Campus

Downloads

Published

2023-10-04

How to Cite

Mishra, V. P. (2023). विराटनगरको बस्ती विकासको इतिहास. Historical Journal, 14(2), 178–187. https://doi.org/10.3126/hj.v14i2.59076

Issue

Section

Research Article