आमनिर्वाचन २०७९ मा राजनीतिक दलहरूको अवस्था

Authors

  • Dhaka Ram Sapkota Tribhuvan University, Nepal

DOI:

https://doi.org/10.3126/hj.v14i2.59073

Keywords:

गठबन्धन, घोषणापत्र, प्रतिनिधि, लोकतान्त्रिक, समावेशिता

Abstract

प्रस्तुत अध्ययन आमनिर्वाचन २०७९ मा आधारित रहेर तयार पारिएको छ । वि.सं.२०७२ सालको संविधानले राज्यलाई संघ, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गरेको छ । संघलाई राज्य सञ्चालनका केही विशिष्टखालको अधिकार दिइएको छ । राज्यको स्थायित्व, प्रदेश र स्थानीय निकायको सफलताको प्रमुख कडी र संस्थागत विकास, यसले बहन गर्ने जिम्मेवारीमा भरपर्छ । त्यस खालको जिम्मेवारी बहन गर्ने कुरामा यसका प्रतिनिधिहरूको चयन गर्ने आवधिक निर्वाचनमा निर्भर हुन्छ । संघीय संसदको निर्वाचन २०७९ मा राजनीतिक दलहरू गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए । निर्वाचनबाट प्रतिनिधि छान्ने कुरा दलको दबदवामा भन्दा पनि नागरिकसँग जोडिने कुरा प्रजातन्त्रको सवल पक्ष मानिन्छ । पुस्तकालय विधिबाट सङ्कलन गरिएका स्रोतहरूको प्रयोग गरी सिस्टम थ्योरी विधिबाट अध्ययन गरिएको यस लेखमा सिद्धान्त र योग्यभन्दा निर्वाचन जित्ने एक मात्र लक्ष्यका साथ उम्मेदवार उठाउने र तिनैलाई चुनाव जिताउन पार्टी सदस्यले लिएको नाममा मत दिन दवाब दिने कुरा हावी भएको देखिन्छ । जुन कुराले तत्काल फाइदा हुने भए पनि कालान्तरमा दल र व्यवस्थाकै लागि अनुत्पादक हुने निष्कर्ष रह्यो ।

Downloads

Download data is not yet available.
Abstract
111
pdf
65

Author Biography

Dhaka Ram Sapkota, Tribhuvan University, Nepal

Lecturer Department of History, Ratna Rajya Laxmi Campus

Downloads

Published

2023-10-04

How to Cite

Sapkota, D. R. (2023). आमनिर्वाचन २०७९ मा राजनीतिक दलहरूको अवस्था . Historical Journal, 14(2), 146–157. https://doi.org/10.3126/hj.v14i2.59073

Issue

Section

Research Article