ऐतिहासिक जनआन्दोलन २०४६ : बहुदलीय व्यवस्थाको पुनस्र्थापना

Authors

  • Jagat Prasad Parajuli Tribhuvan University, Nepal

DOI:

https://doi.org/10.3126/hj.v14i2.59070

Keywords:

अधिनायकवादी, बहुआयामिक, पुनस्र्थापना, प्रजातान्त्रिकरण, युगान्तकारी

Abstract

‘स्वतन्त्रता’ मानवीय जीवन पद्धतिको लागि अनिवार्य शर्त हो र यसको प्राप्ति मानिस मात्रको नैसर्गिक अधिकार पनि हो । त्यसैले संसारका अधिकांश देशका मानिसहरूले स्वतन्त्रता प्राप्तिका लागि ठूला—ठूला संघर्ष गरेका छन् । युगान्तकारी घटनाहरू घटाएका छन् । यस्ता घटनाहरूले धेरै मुलुकहरूमा प्रजातान्त्रिक व्यवस्था स्थापना गराएर स्वतन्त्रताको प्रत्याभूति दिएका छन् । ‘स्वतन्त्रता’ प्रजातान्त्रिक परिपाटीमा मात्र अंकुराउँछ, फस्टाउँछ र सुरक्षित हुन्छ । नेपालमा पनि प्रजातन्त्र स्थापनाका निमित्त महत्वपूर्ण आन्दोलनहरू भएका छन् । नेपाली जनताले आप्mनो अधिकार र मर्यादित जीवनका लागि गरेका त्यागपूर्ण संघर्षहरूमा २००७ सालको क्रान्ति तथा २०४६ सालको जनआन्दोलन विशेष गरी उल्लेखनीय छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास जनता पक्षको इतिहास हो । यो इतिहासको रचना नेपाली जनताले रगत र पसिना बगाएर निर्माण गरेका हुन्। त्याग, तपस्या र बलिदानको यस संघर्षशील इतिहासले प्रजातन्त्रको रक्षार्थ भावि दिनमा जनता र उनका नेपाली सन्ततिलाई प्रेरणा दिइरहने छ ।
पुनस्र्थापित प्रजातन्त्र २०४६ साल फागुन ७ गते सुरु भएको जनआन्दोलनको मात्र परिणाम होइन । यस्तो ऐतिहासिक र युगान्तकारी घटनाको पछाडि एउटा लामो यात्रा अथकित पराक्रम रहेको छ जसको ऐतिहासिक घटना क्रम र तत्कालीन समयको यथार्थपूर्ण विवरणलाई पहिल्याउन सकियो भने लामो फेहरिस्त पाउन सकिन्छ । जनआन्दोलन २०४६ सालको मुहान पहिल्याउँदै जाँदा राणाकालीन रैती दुनियाँहरूको अवस्थासम्म पुग्नु पर्ने हुन्छ । राणाकालदेखि नै सामान्य, अज्ञात जस्तै बनेर अनगिन्ती व्यक्तिहरूले ऊर्जा दिएर जोगाएको आन्दोलनरूपी दीपशीखा २०४६ सालमा जनआन्दोलनको ज्वाला बनेर सल्कँदै प्रजातन्त्रको पुनस्र्थापना गर्न सफल भएको हो ।

Downloads

Download data is not yet available.
Abstract
134
pdf
344

Author Biography

Jagat Prasad Parajuli, Tribhuvan University, Nepal

Associate Professor Patan Multiple Campus

Downloads

Published

2023-10-04

How to Cite

Parajuli, J. P. (2023). ऐतिहासिक जनआन्दोलन २०४६ : बहुदलीय व्यवस्थाको पुनस्र्थापना. Historical Journal, 14(2), 118–130. https://doi.org/10.3126/hj.v14i2.59070

Issue

Section

Research Article