Interrelationship between First Elected Parliament and Media

Authors

  • Jagat Nepal Ratna Rajyalaxmi Campus, T.U.

DOI:

https://doi.org/10.3126/hj.v14i1.52974

Keywords:

प्रेस, पत्रकारिता, संसदीय पत्रकारिता, संसद, विधेयक

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख नेपालको पहिलो निर्वाचित संसद र त्यसका काम कारवाहीलाई जनता माझ पु¥याउन नेपाली मिडियाले खेलेको भूमिकामाकेन्द्रीत रहेको छ । मुलुकको इतिहासमै पहिलो पटक जनताको अभिमतबाट निर्वाचित संसदले १८ महिना भन्दा बढी समय काम गर्न पाएन । त्यति बेलाको अन्धविश्वासी समाजमा राजालाई विष्णुको अवतार मानेर पुजिन्थ्यो । गरिवी, अशिक्षा, विकास,बेरोजगारीजस्ता समस्याबाट मुलुक गुज्रिएको त्यो समान्ती युगमा सिमित जमिन्दार र ठूला ठालूहरुकै बोलवाला चल्दथ्यो । आम जनतालाई नागरिक अधिकार र प्रजातन्त्रका बारेमा न जानकारी थियो न त चासो नै । जनतालाई सूचना, शिक्षा र अभिप्रेरणा दिने, अनी शासक वर्गका काम कारवाहीमाथि निगरानी राख्ने दायित्व बोकेको मिडियाले स्वतन्त्र र व्यवशायिक स्वरुप लिइसकेको थिएन । सरकारी स्वामित्वको रेडियो नेपाल र गोरखापत्र वाहेक निजी स्तरबाट चलेका सिमित पत्रपत्रिकाको पहुँच र प्रभावराजधानी काठमाडौंलगायत केही शहरी क्षेत्रमा मात्र सिमित थिए । प्रेसमैत्री वातावरण, आर्थिक श्रोत, दक्ष जनशक्ति, बजार र विज्ञापनको अभावमा मिडिया फष्टाउन सक्ने अवस्था थिएन । राजनीतिक दल र शक्तिको सहयोगमा चलेकाले सिमित पत्रिकाहरुले समेतपत्रकारिताको उत्तरदायित्व वहन गर्न सक्ने अवस्थामा थिएन । यस्तो अवस्थामा निर्वाचित व्यवस्थापिकाले उच्चतम् संसदीय अभ्यास गर्ने प्रयास गरिरहेको थियो । तर त्यो तहको प्रजातान्त्रिक अभ्यासका बारेमा जनतामा पनि अनुभव थिएन र मिडियाले पनि उनीहरुलाई जागरुक वनाउन सक्ने क्षमता राख्दैनथ्यो । निर्वाचित संसद र सरकार बलियो हुँदा दरवार कमजोर हुनु पुग्थ्यो । त्यही कारण राजा महेन्द्रले सैन्य बलको आडमा २०१७ साल पुष १ गते प्रथम जननिर्वाचित संसद र सरकार भंग गरी निरंकुश पञ्चायती शासनको शुत्रपात गरे । प्रस्तुत लेखको उद्देश्य पहिलो निर्वाचित संसद र मिडिया बीचको अन्तरसम्बन्धका बारेमा खोज गर्नु रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
99
pdf
51

Author Biography

Jagat Nepal, Ratna Rajyalaxmi Campus, T.U.

Lecturer

Downloads

Published

2023-03-07

How to Cite

Nepal, J. (2023). Interrelationship between First Elected Parliament and Media. Historical Journal, 14(1), 123–129. https://doi.org/10.3126/hj.v14i1.52974

Issue

Section

Research Article