Comparative Status of Women in Vedic Civilization and Buddhism वैदिक सभ्यता र बौद्ध धर्ममा नारीहरूको तुलनात्मक स्थिति
DOI:
https://doi.org/10.3126/hj.v13i1.46227Keywords:
बौद्ध सभ्यता, बौद्ध दर्शन, आत्मिक ज्ञान, पितृसत्तात्मक संरचना, नारी धर्म-स्वतन्त्रताAbstract
सिद्धार्थ गौतमले बोधिज्ञान प्राप्त गरेपछि शाक्यमुनी बुद्ध बनेर विभिन्न मार्ग विकसित गर्ने क्रममा बढ्दासम्म पनि नारीलाई धर्म देशना गर्ने मार्ग खोलेका थिएनन् । ज्ञान प्राप्ति मार्गमा रहँदा भोकै बसेर मृत्युको मुखमा पुग्ने अवस्था हुँदा पनि सफलता नपाएपछि सुजाता नामक कन्याले दिएको पायस ग्रहण गरेर उरुबेलास्थित पिपल वृक्षमुनी बसेर थालेको ध्यान क्रममा आर्य सत्यहरूको साक्षात्कार सम्भव भएर शाक्यमुनी बुद्ध बनेपछि नारीप्रतिको धारणामा क्रमिक परिवर्तन हुँगै गएको थियो । त्यसपछि विस्तारै बौद्ध संघमा स्थान पाउन थालेका भिक्षुणीहरूले पनि आफ्ना संघ बनाएर मानसिक शान्ति एवं बौद्धिक विकासका मानक बनेर भूमिका निर्वाह गर्ने र स्थान बनाउने बाटो खुलेको हो । जसबाट वैदिक समाजमा रहेको नारीको महत्व पनि संरक्षित हुने अवस्थामा परिवर्तन आउने प्रवृत्तिसँगै बौद्ध संघमा भिक्षुणी संघलाई हेर्ने दृष्टिकोण पनि बदलिदै जान थाल्यो । अन्तमा केही मत भिन्नता उत्पन्न भए तापनि बौद्ध धर्ममा नारीहरूलाई मुक्ति प्राप्त गर्ने र स्वयंलाई संयोजित अर्थात् नियन्त्रित गरेर बढ्ने अवसर प्राप्त भयो । जसलाई नारी सशक्तीकरण तर्फको एक महत्त्वपूर्ण प्रयास पनि मान्न सकिन्छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
© Department of History and Buddhist Studies, Patan Multiple Campus