बौद्घ पर्व ‘पञ्चदान’

Authors

  • Nhuchhe Narayan Shrestha Tribhuvan University

DOI:

https://doi.org/10.3126/hj.v12i1.35735

Keywords:

पञ्चदान, पञ्जरां, दान, दानपारमिता, दीपंकर

Abstract

शाक्यमुनि बुद्घले वोधिज्ञान प्राप्ति गरेपछि विकसित भएका विभिन्न मार्गको रूपमा श्रावकयान, महायान र
वज्रयानमध्ये काठमाडौँ उपत्यकाका नेवारहरूमा वज्रयान बुद्ध धर्मको प्रभाव परेको छ । उनीहरूले वज्रयानी
परम्पराअनुसार विभिन्न संस्कृतिहरू विकसित गरेका छन् । वज्रयानी परम्पराअनुसार विभिन्न चर्याहरू गरेर यही
जन्ममै बुद्ध हुन सक्छ भन्ने सिद्धान्तलाई अपनाउँदै आएका छन् । ती विभिन्न चर्याहरूमध्ये काठमाडौँ उपत्यकाका
नेवार बौद्धहरूले दानको अभ्यासलाई प्राचीनकालदेखि नै महŒवपूर्ण स्थान दिंदै आएका छन् । विभिन्न तरिकाबाट
दानको अभ्यास गर्दै आएका छन् । दानको अभ्यासलाई विशेष दिन पारेर पर्वको रूपमा विकसित गरेको पञ्चदान
पर्व हो । श्रावणशुक्लअष्टमीको दिन पाटनमा र दोस्रोपटक भाद्रकृष्णत्रयोदशीका दिन काठमाडौँं, भक्तपुर, साँखु,
थिमी, पनौती र कीर्तिपुर लगायतका स्थानहरूमा स्थानीय बौद्धहरूले हर्षोल्लासका साथ यो पर्व मनाउँदै आएका
छन् । यस दिनमा दीपंकर बुद्धका प्रतिमाहरूभित्र मान्छे भित्र बसेर नगर परिक्रमा गरेर मनाइन्छ । साथै वज्राचार्य
र शाक्यहरूलाई नगद, अन्न, गेडागुडी, फलपूmल आदि दान दान गर्दछन् । वज्राचार्य र शाक्यले पञ्चदानबाट
प्राप्त दान सामग्री विभिन्न धार्मिक संघसंस्थालाई पनि हस्तान्तरण गर्दै आएका छन् ।

Downloads

Download data is not yet available.
Abstract
177
pdf
197

Downloads

Published

2020-12-31

How to Cite

Shrestha, N. N. (2020). बौद्घ पर्व ‘पञ्चदान’. Historical Journal, 12(1), 155–163. https://doi.org/10.3126/hj.v12i1.35735

Issue

Section

Research Article