काठमाडौँ उपत्यकाका लिच्छविकालिन बुद्धमूर्तिहरू

Authors

  • Basanta Raj Shakya Theravada Academy, Lumbini Buddhist University

DOI:

https://doi.org/10.3126/hj.v12i1.35637

Keywords:

काठमाडौँ उपत्यका, लिच्छविकाल, लिच्छविकालिन बुद्धमूर्ति, बौद्धकला, शाक्यमूनि बुद्ध, विहार ।

Abstract

नेपाली इतिहासमा ईश्वी २०० देखि ८७९ सम्मको समयलाई लिच्छविकाल भनिन्छ । यस समयमा तात्कालिन
नेपालको आर्थिक, सामाजिक, साँस्कृतिक एवम् धार्मिक क्षेत्रमा अत्याधिक विकास भएको थियो । जस कारण
लिच्छविकाललाई नेपालको ‘सुवर्ण युग’ भनिन्छ । काठमाडौँ उपत्यकामा लिच्छविकालिन बौद्ध विहारहरू, ढुङ्गेधारा
तथा चैत्य परिसरहरूमा विभिन्न आकार प्रकारका बुद्धमूर्तिहरू पाइन्छन् । जसमध्ये प्रस्तरका ५१ वटा तथा धातुका
१२ वटा लिच्छविकालिन बुद्धमूर्तिहरूको अध्ययन गरिएको छ । प्रस्तरको ५१ वटा बुद्धमूर्तिहरूमध्ये काठमाडौँमा
हेनाकर महाविहार, बाँगेमुडा, स्वयम्भू, अन्तराष्ट्रिय बौद्ध भावना केन्द्र, विक्रमशील महाविहार, चारुमति विहार,
पशुपति राजराजेश्वरी घाट गरी जम्मा १७ वटा छन् । त्यसैगरी झक्तपुरको सिद्धपोखरीमा एउटा बुद्धमूर्ति छ भने
ललितपुरमा ईबही स्तूप, नागबाहा, तुरणबाहा, वम्बाहा, आलोक हिति, गुईतबही, क्वन्तिबही, जेष्ठवर्ण महाविहार
गरी जम्मा १८ वटा बुद्धमूर्ति पाईयो । बाँकी ३ वटा छाउनीको राष्ट्रिय संग्रहालयमा र १२ वटा चोरी भईसकेका
छन् । धातुका १२ वटा बुद्धमूर्तिहरू निजी संकलन तथा विभिन्न संग्रहालयहरूमा प्रदर्शनमा छन् ।
लिच्छविकालका प्रायः बुद्धमूर्तिहरू चतुरव्यूह चैत्यमा चंक्रमण तथा भविष्य व्याकरणमुद्रामा रहेका छन् ।
ललितपुरको वज्रकिर्ति महाविहारस्थित चैत्यमा वैरोचनसहित पञ्चबुद्धमूर्तिको मूर्ति र आलोकहिटि परिसरमा
रहेको वज्रासनमास्थित दुइ हात वरदमुद्राको बुद्धमूर्ति पनि पाइन्छ । बुद्धमूर्तिहरूमध्ये ध्वाखाबाहा, बाँगेमुढा,
अन्तर्रािष्ट्रय बौद्ध भावना केन्द्र, चारुमती विहारको चतुरव्यूह चैत्यभित्रको बुद्धमूर्ति, नागबाहा र स्वयम्भूको
बुद्धमूर्ति वाहेक अन्य सबै बुद्धमूर्ति जीर्ण, अङ्गभङ्ग भएका तथा खण्डित अवस्थामा रहेका छन् । खण्डित अवस्थामा
रहेका बुद्धमूर्तिहरूमध्ये पशुपति राजराजेश्वरी घाटको बुद्धमूर्ति र पाटनको क्वन्तिबही अगाडिको चैत्यमा रहेको
स्वर्गावतरित बुद्धमूर्ति जिर्णोद्वार गरिएका छन् । चोरी भएका बुद्धमूर्तिहरूमध्ये पाटन भिन्छेबहाःको बुद्धमूर्ति,
क्वन्तिबही अगाडिको चैत्यमा रहेको बुद्धमूर्ति र ईबही स्तूपको उत्तरपूर्वमा रहेको बुद्धमूर्ति स्थानीयहरूबाट
पूनःस्थापना गरिएका छन् । चोरी भइसकेका बुद्धमूर्तिहरू स्वदेशी तथा विदेशी संग्रहालयहरूमा प्रदर्शनमा छन्
भने केही बुद्धमूर्तिहरू विदेशीहरूको नीजि संकलन तथा विश्वविद्यालयहरूमा पनि रहेका छन् ।

Downloads

Download data is not yet available.
Abstract
135
pdf
238

Author Biography

Basanta Raj Shakya, Theravada Academy, Lumbini Buddhist University

Teacher

Downloads

Published

2020-12-31

How to Cite

Shakya, B. R. (2020). काठमाडौँ उपत्यकाका लिच्छविकालिन बुद्धमूर्तिहरू. Historical Journal, 12(1), 175–187. https://doi.org/10.3126/hj.v12i1.35637

Issue

Section

Research Article