गुँलाधर्म एक परिचय
DOI:
https://doi.org/10.3126/hj.v12i1.35635Keywords:
गुँलाधर्म, गुँला, मतयाः, दानधर्म, चाडपर्वAbstract
काठमाडौँ उपत्यकामा महायान बुद्धधर्मको बाहुल्यता रहेको छ । यहाँ नेवार समुदायको बसोवास आदिकालदेखि
रहेको देखिन्छ । त्यसैले यिनीहरू महायान बुद्धधर्मका अनुयायीहरू हुन् । यी नेवार समुदायले वर्ष दिनमा थुप्रै
जात्रा पर्वहरू मनाउने गर्दछन् । यसमध्ये चन्द्रमास अनुसारको गुँला महिनामा एक महिना भरि पर्वको रूपमा
गुँलाधर्म अभ्यास गर्ने गर्दछन् । यो महिना वर्षा वाढी पहिरो जस्ता प्राकृतिक प्रकोप र रोग व्याधि पैmलने महिना
हो । त्यसैले यस्तो सम्भावित आपद विपदबाट जोगिन सकियोस्, सबैको मङ्गल होस् भन्ने कामना गरी धर्मकर्म
अभ्यास गरेको देखिन्छ । यसको साथसाथै यो महिनामा मानिसहरूले दश अकुशल कर्म त्याग गरी कुशल र शुद्ध
जीवन विताउने अभ्यास गर्दछन् ।
Downloads
Published
How to Cite
Issue
Section
License
© Department of History and Buddhist Studies, Patan Multiple Campus