बुद्धधर्ममा कर्म र कर्मफल

Authors

  • Lalita Dhakhwa Patan Multiple Campus, Tribhuvan University

DOI:

https://doi.org/10.3126/hj.v12i1.35632

Keywords:

कर्म, कर्मफल, कुशल, अकुशल, पुण्यक्रिया, सुगति, दुर्गति, सम्यकदृष्टि, मिथ्यादृष्टि ।

Abstract

चेतना युक्त भई मानिसले शरीर, वचन र मनले गर्ने सम्पूर्ण क्रियाकलापहरू कर्म हुन् । कर्म र कर्मफल बीच कारण र परिणामको सम्बन्ध रहेको हुन्छ । कर्मको नियमअनुसार कुशल (राम्रो) कर्मले कुशल फल दिन्छ र अकुशल (नराम्रो) कर्मले अकुशल फल दिन्छ । बुद्धधर्ममा कर्म र कर्मफलको बारेमा सही दृष्टिलाई (यथार्थता) आत्मसात् गर्नुपर्ने कुरामा जोड दिइएको छ । कर्म र कर्मफलमा विश्वास तथा स्वीकार गर्नु एक प्रकारको सम्यकदृष्टि (सही धारणा) हो भनिएको छ । मानिसले गर्ने कर्मको आधारमा नै उसले सुख र दुःख जीवनमा भोग गर्ने हुन्छ । त्यसैले मानिसहरूको कर्म नै आ–आफ्नो निजी सम्पत्ति हुन् भनिएको छ । बुद्धले आफ्नो मालिक आफैँ हो आफू बाहेक अरु कोही आफ्नो मालिक हुन सक्दैन भनेर व्यक्तिको आफ्नो प्रयासलाई सर्वोपरि महŒव दिई धर्ममा स्वावलम्बी हुने शिक्षा दिनुभएको छ । प्रस्तुत लेखमा कर्म र चेतनाको सम्बन्ध, कुशल कर्म, अकुशल कर्म, दशपुण्यक्रिया, कर्म र कर्मफल बीच अन्तरसम्बन्ध, कर्मका प्रकार, व्यक्ति स्वयं कर्मको भागिदार जस्ता विषयवस्तु प्रस्तुत गरिएको छ । यी विषयहरू मनन गर्न सकेमा कर्म र कर्मफल सम्बन्धी सम्यकदृष्टि विकास गर्न मद्दत मिल्नेछ । गलत कर्म र सही कर्म पहिचान गर्न सक्ने भई अकुशल कार्यहरूलाई त्यागी कुशल कार्यहरू गर्ने तथा आफूभित्र असल गुणहरूको विकास गरी मनुष्य जीवनलाई सार्थक बनाउन सकिन्छ । 

Downloads

Download data is not yet available.
Abstract
170
pdf
196

Author Biography

Lalita Dhakhwa, Patan Multiple Campus, Tribhuvan University

Lecturer

Downloads

Published

2020-12-31

How to Cite

Dhakhwa, L. (2020). बुद्धधर्ममा कर्म र कर्मफल. Historical Journal, 12(1), 142–154. https://doi.org/10.3126/hj.v12i1.35632

Issue

Section

Research Article