इतिहास र संस्कृतिको स्रोतका रूपमा प्राचीन र मध्यकालीन नेपाली मुद्रा Itihas ra Sanskritiko Shrotka Rupma Prachin ra Madhyakalin Nepali Mudra

Authors

  • डोलराज Dolraj काफ्ले Kafle त्रि.वि. रत्नराज्यलक्ष्मी क्यामपस, काठमाडौं TU, Ratna Rajya Laxmi Campus, Kathmandu

DOI:

https://doi.org/10.3126/hj.v11i1.34695

Keywords:

प्राचीनकाल Prachin kal, मध्यकाल madhyakal, मुद्रा mudra, अभिलेख र लिपि abhilejh ra lipi

Abstract

नेपालका प्राचीन र मध्यकालीन मुद्राहरू तत्कालीन इतिहास र संकृतिको अध्ययनका भरपर्दा स्रोत हुन् । प्रस्तुतलेखमा प्राचीन नेपालका राजा मानदेवको शासनकालदेखि प्रयोगमा ल्याइएका मुद्राहरू, तिनमा प्रयोग भएको धातु,अभिलेख, लिपि, मुद्राका आधारहरू, नाम र त्यसले तत्कालीन समाज र संस्कृतिको अध्ययनमा पु¥याएको योगदानसम्बन्धी कुराहरूको चर्चा गरिएको छ । मुद्रा एक महत्वपूर्ण पुरातात्वीक स्रोत हो । यसको संकलन र अध्ययनलेतत्कालीन समाज, संस्कृति, आर्थिक, धार्मिक अवस्थाहरूको जानकारी गराउँदछ । यहाँ मुद्राकै माध्यमबाट लिच्छविकालीननेपालमा संस्कृत भाषा र व्राह्मी लिपिको विकसित रुप लिच्छवि लिपिको प्रयोग गरिएको तथा मध्यकालकोआधाआधिसम्म संस्कृत भाषाको वाहुल्यता रहेको र त्यसपछि खस भाषा र देवनागरी लिपिको प्रभाव बढ्दै गएको तथाती मुद्राकै कारण नेपालको आन्तरिक र वाह्य व्यापारमा सहजीकरण भएको कुरा समेत यस लेखको अध्ययनबाटजानकारी प्राप्त गर्न सकिन्छ ।

Abstract
1024
pdf
1561

Author Biography

डोलराज Dolraj काफ्ले Kafle, त्रि.वि. रत्नराज्यलक्ष्मी क्यामपस, काठमाडौं TU, Ratna Rajya Laxmi Campus, Kathmandu

उपप्राध्यापक (इतिहास) Assistant Professor, History

Downloads

Published

2020-08-01

How to Cite

काफ्ले Kafle ड. D. (2020). इतिहास र संस्कृतिको स्रोतका रूपमा प्राचीन र मध्यकालीन नेपाली मुद्रा Itihas ra Sanskritiko Shrotka Rupma Prachin ra Madhyakalin Nepali Mudra. Historical Journal, 11(1), 119–126. https://doi.org/10.3126/hj.v11i1.34695