लहानको मधेस आन्दोलन Lahanko Madhesh Aandolan

Authors

  • विजयप्रसाद Bijayaprasad मिश्र Mishra त्रि.वि. पाटन संयुक्त क्याम्पस, पाटनढोका TU Patan Samyukta Campus, Patan Dhoka

DOI:

https://doi.org/10.3126/hj.v11i1.34686

Keywords:

आत्मसम्मान aatma samman, मनोवैज्ञानिक असर manobaigyanik asar, हिंसात्मक गतिविधि Himshatmak gatividhi, Madhesh aandolan

Abstract

नेपालमा मधेसीमूलका मानिसहरूले पहिचान, नागरिकता, सुरक्षा निकाय र निजामति सेवा लगायत राज्यकासबै निकायहरूमा जनसंख्याको आधारमा रोजगारीका अवसरको माग, आत्मनिर्णय सहितको संघीय राज्य, स्वतन्त्र तराईराज्य र सरकारमा प्रतिनिधित्व गर्ने जस्ता सवालहरू लिएर मधेसीहरूले सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरू गरिरहेका छन्। तत्कालिन मधेसी जनअधिकार फोरम नेपालको नेतृत्वमा २०६३ माघ २ गतेदेखि माघ २६ गतेसम्म मधेस आन्दोलनभएको थियो । जुन आन्दोलनको पहिलो सहिद रमेशकुमार महतोलाई माघ ५ गते लहानमा राजमार्गमा गरिएकोचक्काजाम खोल्ने विवादमा माओवादीहरूले गोलिहानी हत्या गरेका थिए । लहानको उक्त घटना पछि मधेस आन्दोलनलेउग्ररूप लिएको थियो । अझ, माओवादीका नेता मातृका यादवले माघ ६ गते राती माओवादीको हुल ल्याई रमेशकुमारमहतोको लाश लुटेर लगेकाले मधेसीको संस्कृतिमा चुनौती दिएको महसुस गरी माघ ७ गतेदेखि गाउँ गाउँवाट मधेसीहरूलहान आएर सरकारी कार्यालयहरू जलाउन थाले । माओवादीको ज्यादती सहेर बसेका स्थानीय सबै आक्रोशित भइआन्दोलनमा सरिक भएपछि मधेस आन्दोलनले विद्रोहको रूप लियो र यो आन्दोलन पूर्वमा झापादेखि पश्चिममापर्सासम्म फैलियो । मधेस आन्दोलनमा लहानमा ५ जना सहिद भएका थिए । जनयुद्धकालमा दुई–दुई पटक माओवादीलेआक्रमण गरेकाले त्रसित भएका स्थानीय नागरिकहरू तेस्रो पटक माओवादीले मधेस आन्दोलनमा हस्तक्षेप गरेकोले ठूलैघटना हुन्छ भनेर भयभित भएका स्थानीय जनातामा लहान आन्दोलनमा भएका क्रियाकलापहरूले मनोवैज्ञानिक असरपरेको थियो । नागरिकले यस्तो आन्दोलन कहिल्यै नभोगेकाले लहानमा भएको मधेस आन्दोलन नौलो र साहसिक थियो ।यसले मधेसीहरूको शक्ति प्रदर्शनी भएको थियो । आन्दोलनमा सशस्त्र भुमिगत समुहहरूको सक्रियता देखिएकोलेहिंसात्मक गतिविधिहरू भएका थिए । तसर्थ लहानको मधेस आन्दोलनले सिंगो मधेस आन्दोलनको नेतृत्व गरिरहेको थियो। लहानको आन्दोलनमा पहाडी समुदाय, पेशागत संघसंस्था, अन्य राजनीतिक पार्टीहरू समेतले एक्यबद्धता जनाएकाले योआन्दोलन समाजका सबै पक्षको सहभागितामा भएको थियो ।

Downloads

Download data is not yet available.
Abstract
71
pdf
367

Author Biography

विजयप्रसाद Bijayaprasad मिश्र Mishra, त्रि.वि. पाटन संयुक्त क्याम्पस, पाटनढोका TU Patan Samyukta Campus, Patan Dhoka

सहप्राध्यापक (इतिहास) Associate Professor, History

Downloads

Published

2020-08-01

How to Cite

मिश्र Mishra व. B. (2020). लहानको मधेस आन्दोलन Lahanko Madhesh Aandolan. Historical Journal, 11(1), 107–118. https://doi.org/10.3126/hj.v11i1.34686