नेपालको भूमि व्यवस्था : परिचय, प्रकृति–प्रकार र प्रयोग Nepalko Bhumi Byabastha: Parichaya, Prakriti-prakar ra Prayog
DOI:
https://doi.org/10.3126/hj.v11i1.34680Keywords:
समयानुकूल परिवर्तन samayanukul paribartan, सुधारात्मक प्रयत्न Sudharatmak Prayatna, उब्जाउमूलक र कार्यनीति तर्जुमा, ubjamulak ra karyaniti tarjumaAbstract
एउटा स्वतन्त्र राज्य बन्न राजनैतिक सिद्धान्तका हिसाबले चारवटा अत्यावश्यक तत्वहरू अपरिहार्य ठानिन्छ । भूभाग, जनता, सरकार र सम्प्रभुता यी तत्वहरूको समन्वयात्मक संरचनाबाट स्वतन्त्र राष्ट्रहरूको अस्तित्व स्थापित हुन्छ
। त्यसैकारण राज्य निर्माणमा भूभाग सबैभन्दा प्रमुख, अपरिहार्य र वाञ्छनीय पूर्वाधार हो । यही वस्तुनिष्ठ तथ्यलाई दृष्टिगत गरी राज्यभित्रको अन्तरनिहित सम्पूर्ण जमिन वा भूमिलाई सुव्यवस्थित, सुनिश्चित र सुसंगठित गर्न सरकारले
प्रत्येक ऐतिहासिक युगमा भूमि परिचालनका आधारभूत योजनाहरू र कार्यनीतिहरू समयानुकूल, परिवर्तन र सुधारात्मक प्रयासहरू गरिरहेको देखिन्छ । राज्यभित्रको सम्पूर्ण भूमि राष्ट्रनिहीत हुन्छ र राष्ट्र राजाको अधिनमा रहन्छ । "All lands
are upon the Nation and the Nation is upon the King" यही सारगर्भित सन्देश बमोजिम प्राचीन, मध्यकालीन तथा आधुनिक कालमा समेत सरकारी पक्षबाट भूमिलाई उर्वर, उब्जाउमूलक र जमिनलाई आधुनिकीकरण
गराउने सिलसिलामा विभिन्न योजना कार्यनीति, सुधारात्मक प्रयासहरू अगाडि बढाएको देखिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Department of History and Buddhist Studies, Patan Multiple Campus