Originality of Place Names: The Context of Madhyapur Thimi

Authors

  • Rajendra Shrestha Central Department of Nepal Bhasa, Tribhuvan University

Keywords:

नामंकरण, प्राचीनता, भाषा, मौलिकता, स्थाननाम

Abstract

स्थाननामको सम्बन्ध कुनै स्थानको भूगोल, इतिहास, भाषा, संस्कृति, जनजीविका र पर्यावरणीय अवस्थासँग गहिरो रूपमा जोडिएको हुन्छ। स्थाननामले समुदायको सामाजिक तथा सांस्कृतिक स्मृति बोकेका साथै स्थान र मानिसबीचको ऐतिहासिक सम्बन्धलाई समेत अभिव्यक्त गर्दछन्। यस अध्ययनको मूल उद्देश्य मध्यपुर थिमिका स्थाननामहरू भूगोल, इतिहास, भाषा, संस्कृति, जनजीविका तथा पर्यावरणीय आधारमा नामकरण गरिएका छन् वा छैनन् भन्ने अध्ययन गर्नु हो। यस अध्ययनमा गुणात्मक अनुसन्धान विधि अवलम्बन गरी ऐतिहासिक अभिलेख अध्ययन, साहित्य समीक्षा, अन्तर्वार्ता, लक्षित समूह छलफल तथा स्थलगत अध्ययनलाई प्रमुख अनुसन्धान विधिका रूपमा प्रयोग गरिएको छ। अध्ययनका क्रममा संकलित विद्यमान स्थाननाममध्ये करिब ८२ प्रतिशत मौलिक र ७९ प्रतिशत प्राचीन प्रकृतिका रहेको पाइयो। ऐतिहासिक स्थाननामहरू मुख्यतः नेपालभाषामा आधारित रहेका छन् भने विद्यमान स्थाननामहरूमा पनि नेपालभाषाको प्रभाव अझै बलियो रहेको देखिन्छ। थिमिका स्थाननामहरू भाषिक, भौगोलिक, सम्पदागत तथा विशिष्ट शब्दस्रोतका आधारमा नामकरण गरिएको पाइन्छ। स्थानीय इतिहास, सांस्कृतिक स्मृति र सामुदायिक पहिचान बोकेका महत्वपूर्ण अमूर्त सांस्कृतिक सम्पदाका आधारमा नामकरण गरिएका स्थाननामहरू विद्यमान रहे पनि बसाइँसराइ र नयाँ बस्ती विस्तारका कारण मौलिक स्थाननामको अनुपात घट्दै गएको देखिन्छ। यसले शहरी विस्तारसँगै स्थानीय सन्दर्भसँग असम्बन्धित नयाँ नामकरणको प्रवृत्ति बढिरहेको संकेत गर्दछ। शहरीकरणलाई मात्र मौलिक स्थाननाम विस्थापनको कारण मान्नुभन्दा भाषिक परिवर्तन, बसाइँसराइ, नयाँ बस्ती विकास, संरचना निर्माण र नामकरणका अभ्यासहरूले संयुक्त रूपमा स्थाननामको मौलिकतामा प्रभाव पारिरहेका छन्। पुराना बस्तीमा मौलिक स्थाननामको निरन्तरता उच्च र नयाँ विस्तार भएका क्षेत्रमा न्यून देखिनुले बस्ती विस्तार र स्थाननाम परिवर्तनबीच स्पष्ट सम्बन्ध रहेको पुष्टि गर्दछ। 

Abstract
32
PDF
25

Author Biography

Rajendra Shrestha, Central Department of Nepal Bhasa, Tribhuvan University

Mphil-PhD Scholar

Downloads

Published

2025-12-31

Issue

Section

Research Article

How to Cite

Shrestha, R. (2025). Originality of Place Names: The Context of Madhyapur Thimi. Historical Journal, 16(2), 88-107. https://doi.org/10.3126/hj.v16i2.100037