Meaning of History

Authors

  • Badri Narayan Gautam Tribhuvan University, Central Department of History

Keywords:

अर्थ, इतिहास, शक्ति, सत्ता संरचना, संस्कृति

Abstract

इतिहासको अर्थ प्रस्ट्याउन प्रयोजन, प्रक्रिया र त्यसको ज्ञानमीमांसासँग सम्बन्धित वैचारिक प्रवृत्तिहरूको अन्तरदृष्टि प्राप्त गर्नु नै अनुसन्धानको मूल उद्देश्य हो । विभिन्न कालखण्डका प्रमुख दार्शनिक, इतिहासदर्शी, महत्वपूर्ण प्राध्यापकहरू आदिका विचार प्रवाह धारणा समेटिएको प्रस्तुत अनुसन्धान इतिहासको अर्थ विषयमा केन्द्रित गुणात्मक ढाँचाको विश्लेषणात्मक अध्ययन हो । परम्परागतदेखि आधुनिक कालसम्म लगाइएको इतिहासको अर्थ विश्लेषण गर्दा विगतका घटनाहरूको तथ्यात्मक विवरण अनुरूपका धारणा समीक्षा गरेर इतिहास केवल तथ्यहरूको सङ्ग्रह हो या मानवीय चेतना, उद्देश्य र गतिशीलताको गहिरो अध्ययन हो भन्ने विषय उठाई निष्कर्षमा पुग्ने काम भएको छ । हेरोडोट्स, थुसिडाइडिस, अगस्टिन, इब्न खल्दुम, माक्र्स, हेगेल, कार आदिका विचार समेटिएको प्रस्तुत आलेखमा विचार पद्धतिको विश्लेषणात्मक पुनः निर्माण गरिएको छ । बदलिदो सामाजिक सन्दर्भ, ज्ञानशास्त्रीय प्रवृत्ति, सत्ता संरचनासँग इतिहासको अर्थ कसरी अनुकूलित हुन्छ भन्ने अध्ययनको मूल विमर्श बनेको छ । एक गतिशील ज्ञानरूपि इतिहासले मानव चेतनालाई समय, संस्कृति, शक्ति र विचारसँग निरन्तर संवादमा राख्दछ भन्ने निचोडमा पुगेर इतिहास भूतकालको वर्णन मात्र नभएर वर्तमानको आलोचना र भविष्यको सम्भावना पनि हो भन्ने दृष्टिकोण स्थापित गरिएको छ ।

Abstract
25
PDF
22

Author Biography

Badri Narayan Gautam, Tribhuvan University, Central Department of History

Professor 

Downloads

Published

2025-12-31

Issue

Section

Research Article

How to Cite

Gautam, B. N. (2025). Meaning of History. Historical Journal, 16(2), 71-87. https://doi.org/10.3126/hj.v16i2.100027