इतिहास अध्ययनको आवश्यकता

Authors

  • Badrinarayan Gautam इतिहास केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

Keywords:

राष्ट्रवादी नागरिक, नागरिक गुण, आत्मनिर्भरता, पाश्चात्य श्रोतहरू, इतिहास अध्ययन

Abstract

पुस्तकालय अध्ययन, पुस्तक एवं जर्नलहरूको अध्ययन आदि विभिन्न माध्यमबाट जुटाइएका पाश्चात्य लेखकहरू समेतका धारणाहरूमा आधारित विषयवस्तुहरू विश्लेषण क्रममा नेपाली इतिहासविद्हरूसँगका अन्तर्वार्ताबाट प्राप्त जानकारी समेटेर तयार पारिएको प्रस्तुत आलेखमा इतिहास अध्ययनको आवश्यकता प्रस्ट्याइएको छ । गुणात्मक ढाँचाको व्याख्यात्मक तरिकाबाट विश्लेषण गरिएको प्रस्तुत अध्ययनले ऐतिहासिक चेतना निर्माणमा इतिहास अध्ययनको भूमिका के कस्तो रहन्छ भन्ने कुरालाई केन्द्रमा राखेको छ । आधुनिक नेपालमा इतिहास अध्ययन केवल शैक्षिक विषय मात्र नभएर राष्ट्रिय पहिचान, सांस्कृतिक निरन्तरता, समसामयिक राजनीतिक र सामाजिक चेतना निर्माणका लागि अनिवार्य उपकरण हो भन्ने यथार्थ उजागर गरिएको छ । पाश्चात्य शिक्षा प्रणालीको अनुकरण गरिँदा रैथाने ज्ञान, सीप, प्रविधिमा आधारित विषयवस्तुहरू उपेक्षित भएपछि इतिहास अध्ययन ओझेलमा पर्नाले देश पराधिनताको मार्गमा बढेको यथार्थ प्रष्ट्याउनु नै यस अनुसन्धानको मूल सन्दर्भ हो । नेपाली समाजमा इतिहास अध्ययनप्रतिको उपेक्षा, राष्ट्रिय चिन्तन, निर्णय प्रक्रिया आदिमा ऐतिहासिक चेतनाको अभाव र औपचारिक शिक्षामा इतिहासको स्थानमाथि पुनर्विचार गर्न आवश्यक छ । इतिहास अध्ययनले अतित बुझ्न मद्दत गर्ने मात्र नभएर वर्तमान सामाजिक संरचना, मूल्य प्रणाली र भविष्यको मार्गचित्र निर्माणमा समेत महत्त्वपूर्ण भूमिका खेल्दछ भन्ने यस अनुसन्धानको निष्कर्ष हो । त्यसैले नेपालमा इतिहास अध्ययनलाई ज्ञानको मूल आधारका रूपमा पुनस्र्थापना गर्नु पर्दछ ।

Abstract
78
PDF
0

Downloads

Published

2025-12-31

How to Cite

इतिहास अध्ययनको आवश्यकता. (2025). HISAN: Journal of History Association of Nepal, 11(1), 126-141. https://doi.org/10.3126/hisan.v11i1.92784

Issue

Section

Articles

How to Cite

इतिहास अध्ययनको आवश्यकता. (2025). HISAN: Journal of History Association of Nepal, 11(1), 126-141. https://doi.org/10.3126/hisan.v11i1.92784