किरात राई समुदायमा प्रचलित ओइतुङ्ग परम्परा

Authors

  • Narayan Bhakta Rai

DOI:

https://doi.org/10.3126/hisan.v11i1.92773

Keywords:

सिकार, बर्खान्त, बागदत्ता, गाजीघर, पर्मा

Abstract

लेख्य इतिहास नभएको व्यवहारिक, मौखिक र श्रुति परम्परामा आधारित किरात राई समुदायभित्र नजिकका नातेदारहरूले गर्नुपर्ने सम्पूर्ण व्यवहारलाई मार्गदर्शन गर्ने एक परम्परागत सङ्गठन हुन्छ, त्यसलाई ओइतुङ्ग परम्परा भनिन्छ । ओइतुङ्ग परम्परामा आफन्त दाजुभाइहरूको विभिन्न भूमिकाहरू रहेका हुन्छन् । त्यस्ता भूमिका र जिम्मेवारीहरूले राई समुदायको समाजलाई प्राचीन कालदेखि वर्तमान समयसम्म एक सूत्रमा बाँधेर अगाडि बढाउँदै आएको पाइन्छ । राई समाजमा ओइतुङ्ग परम्पराका कारण समाजमा विद्यमान विभिन्न चाडपर्व संस्कार, संस्कृति आदि सम्पन्न गर्न निकै सहज हुने गर्दछ । समाजमा सामाजिक रूपमा सबै मिलेर गर्नु पर्ने कामहरूमा पनि सरिक हुनु पर्दछ । ती र त्यस्ता आफैले मात्र गर्न नसक्ने काम वा परिस्थितिहरूमा आफन्तहरूको आवश्यकता पर्दछ । त्यसैले ओइतुङ्गसमाज भित्रका वंशीय तथा सबैभन्दा नजिकका आफन्त, नजिकका नातेदार र गाउँलेहरूले गर्नुपर्ने काम कर्तव्य र भूमिका कस्तो हुन्छ भन्ने कुरालाई यस आलेखमा समाविष्ट गरिएको छ । किरात राई समुदायमा दाजुभाइ तथा आफन्तहरूलाई र समाजमा आइपर्ने विभिन्न कार्यहरूमा ओइतुङ्गले खेल्ने भूमिका र निभाउने जिम्मेवारीहरूका बारेमा प्रष्ट पार्नु यस लेखको उद्देश्य रहेको छ । राई समाजमा ओइतुङ्ग परम्परा एक अलिखित सामाजिक कानुन भएको र त्यो समाज यही ओइतुङ्ग परम्परालाई आधार मानेर अगाडि बढेको यस अध्ययनको प्राप्ति रहेको छ ।

 

Downloads

Download data is not yet available.
Abstract
10
PDF
10

Author Biography

Narayan Bhakta Rai

एम.फिल.–पिएच.डी. शोधार्थी

Downloads

Published

2025-12-31

How to Cite

Rai, N. B. (2025). किरात राई समुदायमा प्रचलित ओइतुङ्ग परम्परा. HISAN: Journal of History Association of Nepal, 11(1), 102–113. https://doi.org/10.3126/hisan.v11i1.92773

Issue

Section

Articles