नेपाल कम्युनिस्ट पार्टीको दरभङ्गा प्लेनम र परिणाम
DOI:
https://doi.org/10.3126/hisan.v11i1.92770Keywords:
संविधानसभा, पुनस्र्थापना, गुठबन्दी, प्लेनमAbstract
राणा शासनका विरुद्ध लड्ने र राजनीतिक परिवर्तन ल्याउने उद्देश्यका साथ दलहरूको गठन भएको थियो । नेकपाको गठन त्यसैमध्येको एक थियो । २००६ सालमा नेकपाको गठन भएपछि राष्ट्रिय र अन्तराष्ट्रिय दुवैतिरबाट निशासनमा परेको थियो । स्थापनाकालदेखि कम्युनिस्ट शक्तिलाई रोक्ने प्रयास गरिँदै आएकोमा २००८ सालमा पार्टीमाथि लागेको प्रतिबन्ध २०१३ सालमा आएर हट्यो । २००७ सालदेखि २०१५ सालसम्म विभिन्न खालका सरकार गठन÷विघटन भए । राजनीतिक अस्थिरताका बिच संसदीय शासन प्रणाली लागू गर्ने गरी भएको निर्वाचनमा दुईतिहाइ ल्याएर नेकाले सरकार गठन ग¥यो । सरकारले जुनशैलीमा शासन चलाउन थाल्यो त्यसबाट शान्तिसुरक्षा कायम हुन सकेन आमनागरिकमा निराशा वढाउन थाल्यो । तत्कालीन परिस्थितिको मुल्याङ्कन गदै निर्वाचित सरकारलाई अपदस्त र संसद विघटन गरी शासनसत्ता राजाले लिए । राजाबाट चालिएको कदमलाई हेर्ने कुरामा नेकपाभित्र एकमत रहन सकेन । त्यसैको निक्र्यौल गर्ने उद्देश्यले दरभङ्गामा प्लेनम भयो । जुन प्लेनमपछि नेकपा विभाजित हुने अवस्था पुग्यो । द्वितीय स्रोतहरूलाई प्रयोग गर्दै ऐतिहासिक अध्ययन विधिका आधारमा विष्लेषण गर्दा दरभङ्गा प्लेनम कम्युनिस्ट पार्टी विभाजनको आधारभूमि बनेको निष्कर्ष रह्यो ।