लिच्छविकालका अधिकरण प्रमुखहरू: करण, करणिक र करण कायस्थ
DOI:
https://doi.org/10.3126/hisan.v10i1.74938Keywords:
अभिलेख, लिच्छवि, करण, करणिक, कायस्थAbstract
प्रस्तुत लेख लिच्छविकालका अधिकरणहरू करण, करणिक र करणकायस्थका प्रमुखहरूका काम कर्तब्य र अधिकारमा केन्द्रीत रहेको छ । लिच्छविकालका अभिलेखहरूको अध्ययन गर्दा त्यतिबेला सरकारी कार्यालयका लागि अधिकरण शब्दको प्रयोग भएको पाइन्छ । सरकारी कर्मचारीहरूका लागि करण र करणिक शब्दहरूको प्रयोग भएको देखिन्छ । यस अनुसन्धानात्मक लेखमा लिच्छविकालका यी करण र करणिकहरू तथा वर्तमान नेपालको तराईमधेसमा बसोबास गर्ने करण कायस्थहरूको बीचको सम्बन्ध केलाउने प्रयास गरिएको छ । यसका लागि प्राथमिक एवम् सहायक स्रोतहरू उपयोग गरिएको छ । यस अध्ययनको उद्देश्य लिच्छविकालका अधिकारण वा कार्यालयहरूका प्रशासकहरूमा करण कायस्थको योगदान वा दायित्वका बारेमा खोज गर्नु रहेको छ ।