इतिहास र समाज: अन्योन्याश्रित सम्बन्ध

Authors

  • मुरारीकृष्ण Murari Krishna गौतम गौतम सरस्वती बहुमुखी क्याम्पस, त्रि.वि. लैनचौर, काठमाडौँ

DOI:

https://doi.org/10.3126/hisan.v10i1.74923

Keywords:

प्रत्यक्षीकरण, मानव–अस्तित्व, श्रृंखलाबद्ध विकास, वस्तुपरक यथार्थता

Abstract

इतिहास कालक्रमिक र त्रिकालदर्शी शास्त्र हो समाजको संरचनात्मक सिर्जना सँगसँगै मानवीय उपलब्धीहरुको पनि अन्योन्याश्रित हुँदै प्रत्येक क्रियाकलापहरुको अभिलेखन र प्रक्रियाद्वारा प्रत्यक्षीकरण निरन्तरर परिचालित हुन्छ । समाजका प्रत्येक फेरबदल र परिवर्तनहरुलाई इतिहासले वस्तुपरक यथार्थताको कसिभित्र मूल्याङ्कन गरिरहन्छ । समाजको समसामयिक पक्ष र इतिहास विधाको अध्ययनक्षेत्र सँगसँगै चलायमान हुने गर्दछ । त्यसैले इतिहास समाजको दर्पण हो भने राष्ट्रलाई चिनाउने सकल ऐना पनि हो । इतिहास समाज (History & Society) एक अर्काका परिपूरक विषयहरू हुन् । दुबैमा निरन्तर अन्योन्याश्रित सम्बन्ध रहिरन्छ । लगातारिताका रूपमा कायम रहेको अन्तरसम्बन्धकै कारण तिनीहरूको शृङ्खलाबद्ध विकास प्रक्रिया अगाडि बढिरहन्छ । एउटाको अभावमा अर्कोको अस्तित्व, पहिचान, प्रगति सबै कुरा अवरुद्ध हुन्छ । जसरी दिनको अस्तित्व रातसँग अन्तरनिहीत हुन्छ, जसरी औंलाको सुन्दरताका लागि नङ र मासुको सबलतम स्वरूप अनिवार्य छ । त्यस्तै “माटोलाई ढुंगाको भर, ढुंगालाई माटाको भर” भनेजस्तै इतिहास र समाजजस्ता बहुआयामिक विषयहरू पनि अविछिन्न घनिष्टतम सम्बन्धका निमित्त मुखापेक्षी हुन्छन् किनकी
समाजको विकास, समसामयिक पक्षको उन्नति, प्रगति सबै मानवीय क्रियाकलाप, योगदान र उपलब्धीसँग सानिध्य हुन्छ l समाजको सम्पूर्ण परिवर्तन, फेरबदल र सुदृढीकरणका यावत चरणहरूलाई इतिहासजस्तो महत्वपूर्ण शास्त्रले नै गहनतम् अध्ययन–अनुशीलन गरिरहेको हुन्छ । यही सन्दर्भलाई दृष्टिगत गरेर प्रस्तुत लेखमा यी दुई विषयहरूको पारस्परिक निकटताको प्रसंगलाई प्रकाश पार्ने प्रयत्न गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
13
PDF
5

Author Biography

मुरारीकृष्ण Murari Krishna गौतम गौतम, सरस्वती बहुमुखी क्याम्पस, त्रि.वि. लैनचौर, काठमाडौँ

सहप्राध्यापक

Downloads

Published

2024-12-31

How to Cite

गौतम गौतम म. M. K. (2024). इतिहास र समाज: अन्योन्याश्रित सम्बन्ध. HISAN: Journal of History Association of Nepal, 10(1), 192–197. https://doi.org/10.3126/hisan.v10i1.74923

Issue

Section

Articles