नेपाल एकीकरणमा बहादुर शाहको योगदान

Authors

  • ढाकाराम Dhakaram सापकोटा Sapkota रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौं Ratna Rajya Laxmi Campus, Kathmandu

DOI:

https://doi.org/10.3126/hisan.v10i1.74905

Keywords:

एकीकरण, नायवी, नजरवन्द, फौज, शरण

Abstract

प्रस्तुत अध्ययन नेपालको एकीकरण कार्यमा बहादुर शाहको योगदानका विषयमा केन्द्रीत रहेको छ । कुनै समय विशाल भ ू भागमा समेटिएको नेपाल मध्यकालको उत्तरार्धसम्म आपुग्दा विभिन्न बाइसी, चौबिसी, सेन र उपत्यकाका मल्ल राज्यहरूमा विभाजन हुन पुगेको थियो । त्यसबेला राज्यलाई पैतृकसम्पती जसरी अंशवण्डा लगाउने समेत गरिन्थ्यो । त्यो भन्दा भिन्नसोच गोरखामा राजा पृथ्वीनारायण शाहले लिए । उनले विभिन्न टुक्रामा विभाजित भएका नेपाल भित्रका राज्यहरूलाई एकीकृत गर्ने अभियान चलाए जुन अभियान पुरा नहुँदै उनको मृत्यु भयो । उनको मृत्युपछि राजपरम्परा अनुसार उनका छोरा प्रतापसिंह शाह राजा भए । उनको छोटो समयमा नै मृत्यु भएपछि नायवीले शासन गर्ने अवस्था सृजना भयो । बहादुर शाह पृथ्वीनारायण शाहका कान्छा छोरा थिए । परिस्थितिवश नायवी बनेर शासन चलाउने जिम्मेवारी उनीमाथि आयो । त्यो पनि कठिन परिस्थितिको परिणाम थियो । जुन परिस्थितीमा जिम्मेवारी लिएको भए पनि आफ्ना पिताले सुरुवात गरेको एकीरकण अभियानलाई उनले अगाडि बढाए । दरवारमा विभिन्न खालका गुठ उपगुठहरू बन्दै गएका थिए । उनले त्यो जालोलाई तोड्न सफल भएपछि मात्र एकीकरण अभियानतिर लागेका थिए । यस अध्यनको उद्देश्य बहादुर शाहले नेपाल एकीकरणमा पु¥याएको योगदानमा केन्द्रित रहेको छ । त्यसका लागि एकीकरण अभियानमा बहादुर शाहको भूमिका खोज्ने कार्य गरिएको छ । अध्ययनमा द्धितिय स्रोतको प्रयोग गरी ऐतिहासिक अध्ययन विधिको प्रयोग  गरिएको छ । प्रस्तुत अध्ययनबाट पृथ्वीनारायण शाहले अधुरो छाडेको एकीकरण अभियानलाई बहादुर शाहले पुरा गरेका थिए भन्ने निष्कर्ष रहेको छ । सोही निष्कर्षका साथ बहादुर शाहका कार्यको मूल्याङ्कन गर्दा उनलाई योग्य पिताको सुयोग्य छोरा उपमा दिन सकिने निष्कर्षमा पुगिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
10
PDF
7

Author Biography

ढाकाराम Dhakaram सापकोटा Sapkota, रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौं Ratna Rajya Laxmi Campus, Kathmandu

उप–प्राध्यापक, इतिहास

Downloads

Published

2024-12-31

How to Cite

सापकोटा Sapkota ढ. D. (2024). नेपाल एकीकरणमा बहादुर शाहको योगदान . HISAN: Journal of History Association of Nepal, 10(1), 117–124. https://doi.org/10.3126/hisan.v10i1.74905

Issue

Section

Articles