नेपाल कम्युनिष्ट पार्टी माओवादीको वि.सं.२०५२ देखि २०६२ सम्मको भारतनीति

Authors

  • केशबराज Keshavraj अर्याल Aryal इतिहास केन्द्रीय विभाग, कीर्तिपुर

DOI:

https://doi.org/10.3126/hisan.v10i1.74832

Keywords:

प्रधान अन्तरबिरोध, दस्ताबेज, सौदाबाजी, विदेशनीति

Abstract

प्रस्तुत लेख नेपाल कम्युनिष्ट पार्टी माओवादीको शशस्त्र विद्रोहको समय बि.सं.२०५२ देखि २०६२ सम्म भएको भारतनीतिमा केन्द्रीत रहेको छ । विगत लामो समयदेखि नै नेपालले असंलग्न परराष्ट्र नीति अपनाउदै आएको छ । परराष्ट्रनीति निर्धारण गर्ने कार्यमा सरकार, बिदेशमामिलाका विज्ञहरू आदि संलग्न रहेका हुन्छन् । दलीय रजनीति अगालेको देशमा संसद र सरकार राजनीतिक दलहरूबाट निर्माण गरिएका हुन्छन् । यसअर्थमा बिदेशनीति निर्माणमा दलहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । नेपालको बिदेशनीति निर्माणमा संसदमा प्रतिनिधित्व गर्दै आएको माओवादी दलको पनि महत्वपूर्ण भूमिका रहँदै आएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादीले बि सं.२०५२ साल देखि २०६२ सम्म भूमिगत रही शशस्त्र द्वन्दमा रहेका बेला भारत विरोध नीति अगाडि सारेको थियो । माओवादीले शशस्त्र संघर्ष सुरु गर्ने समयमा जनतन्त्रको मुद्धा बोकेको थियो । संघर्ष सुरु गरेपछि राष्ट्रिय स्वाधिनता र जनतन्त्रका मुद्धालाई सँगसँगै लैजाने कुरा उल्लेख ग¥यो । पछि फुन्टीवाड बैठकबाट राष्ट्रिय स्वाधिनताको मुद्धालाई प्राथमिकता दिने भन्दै भारतसँग सुरुङ युद्ध गर्ने कुरा उल्लेख ग¥यो । तर त्यो पार्टीका केही प्रमुख नेताहरू भारतमै बसेर नेपालमा शशस्त्र यद्ध सञ्चालन गरिरहेका थिए । त्यो समयमा भारतमा केही माओवादी नेताहरू प्रकाउ परेपछि भारतलाई घुक्र्यााउन माओवादीले भारत विरोधी अभिव्यक्ति दिनुलाई विदेश नीतिमा रहेको अस्पष्टता देखिन्छ । यस विषयमा खोज र अध्ययनको गर्नु नै प्रस्तुत लेखको उद्देश्य रहेको रहेको छ । पछि माओवादी प्रतिबन्धित रहेकै र राज्यले आतङ्ककारी घोषणा गरेकै अवस्थामा सातदल र माओवादी बीच तत्कालिन राजा ज्ञानेन्द्रको शासन विरुद्ध संयुक्त संघर्ष गर्ने निर्णय पछि १२ बुदे सहमति भयो । १२ बुदे सहमति पनि भारतमै भएको थियो । वि.सं.२०५२ सालदेखि वि.सं.२०६२ सम्म माओवादी भारत परस्त रहेपनि सिद्धान्त र व्यवहारमा भने अन्तरबिरोध रहेको देखियो । गुणात्मक विधिमा आधारित रहेको यस लेखमा माओवादीका दस्तावेज, विज्ञहरूसंगका गहन अन्तरबार्ता, प्राथमिक स्रोतका रुपमा उपयोग गरिएका छन् भने पुस्तक, पत्रपत्रिकामा प्रकाशित लेखरचना द्वितीय स्रोतका रुपमा प्रयोग गरिएका छन् ।    

Downloads

Download data is not yet available.
Abstract
12
PDF
9

Author Biography

केशबराज Keshavraj अर्याल Aryal, इतिहास केन्द्रीय विभाग, कीर्तिपुर

एमफिल लिड पी.एच.डी.शोधार्थी

Downloads

Published

2024-12-31

How to Cite

अर्याल Aryal क. K. (2024). नेपाल कम्युनिष्ट पार्टी माओवादीको वि.सं.२०५२ देखि २०६२ सम्मको भारतनीति . HISAN: Journal of History Association of Nepal, 10(1), 63–74. https://doi.org/10.3126/hisan.v10i1.74832

Issue

Section

Articles