भट्टारक महायोगी मिलारेपा र नेपाल सम्बन्ध
DOI:
https://doi.org/10.3126/hisan.v10i1.74831Keywords:
बुद्धधर्म, बज्रयान, काग्युपा, मिलारेपा, दोहा (गुर)Abstract
नेपालको रसुवा नजिकै तिब्बतको सीमाना केरुङ क्षेत्रको क्याङाचा भन्ने ठाउँमा सन् १०५२ मा जन्मेका थोपागा तिब्बती भाषामा सुन्दैमा आनन्द लाग्ने) सिद्ध महायोगी भट्टारक मिलारेपाको नामले प्रसिद्ध भएका थिए । उनले नेपालका विभिन्न पहाडी र हिमाली क्षेत्रहरुमा साधना गरेका थिए । तिब्बतमा जन्मेर नेपालका विभिन्न स्थानमा साधना गरेका मिलारेपाका कारण नेपाल र तिब्बत लगायतका विभिन्न क्षेत्रहरुमा बुद्ध धर्मको विकास र विस्तारमा सघाउ पुगेको थियो । उनका कारण नेपाल–तिब्बत–चीन तथा बुद्ध धर्म मान्ने मानिसहरुका बीच सम्बन्धको नयाँ आयाम थपिएको थियो । यसको प्रभावकै कारण प्राचीनकालदेखि कायम रहेको नेपाल र तिब्बत बीचको सम्बन्धमा धार्मिक सम्बन्धको विस्तार हुन गई यो सम्बन्ध नयाँ उचाइमा पुगको थियो ।