पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न हाम्रो प्रयास

Authors

  • रामशरण Ramsharan भण्डारी Bhandari पनौती नगरपालिका

DOI:

https://doi.org/10.3126/hisan.v9i1.64126

Keywords:

ऐतिहासिक र सांस्कृतिक, विश्वसम्पदा, पनौती

Abstract

पनौती काभ्रे जिल्लाको एउटा प्रमुख शहर हो । यो काठमाडौंबाट ३२ किलोमिटर पूर्वमा पर्दछ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक विविधता भएको शहर हो पनौती । ११८ वर्ग किलोमिटर क्षेत्रफल रहेको पनौती नगरपालिकामा १२ वटा वडाहरू रहेका छन् । एउटै ढुंगामाथिको शहर भनेर चिनिने नगर पनौतीमा वि.सं.२०७२ सालको भूकम्पले पनि खासै असर गरेको थिएन । पनौती नगरभित्र ब्राह्मण, क्षेत्री, तामाङ, नेवार लगायतका जातिहरूको बसोबास रहेको छ भने पेसामा पनि विविधता नै पाइन्छ । पनौती बजारकै नामले यस पालिकाको नामाकरण भएको छ । यस नगरको मुटुको रुपमा पनौती बजार पर्दछ । जनगणना वि.सं.२०७८ का अनुसार १२८०६ घरधुरी र ५१५०४ जनसंख्या रहेको छ । पनौतीमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रहरूरहेका छन्।

Downloads

Download data is not yet available.
Abstract
26
PDF
23

Author Biography

रामशरण Ramsharan भण्डारी Bhandari, पनौती नगरपालिका

नगर प्रमुख

Downloads

Published

2023-12-31

How to Cite

भण्डारी Bhandari र. R. (2023). पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न हाम्रो प्रयास. HISAN: Journal of History Association of Nepal, 9(1), 141–145. https://doi.org/10.3126/hisan.v9i1.64126

Issue

Section

Articles