नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा राधाकृष्ण थारु र संसदमा उनको योगदान

Authors

  • जगत Jagat नेपाल Nepal रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौं
  • डोलराज Dolraj काफ्ले Kafle इतिहास केन्द्रीय विभाग, त्रि.वि. काठमाडौं
  • राजेन्द्रप्रसाद Rajendraprasad धिताल Dhital मध्यपश्चिम विश्वविद्यालय
  • अतुल Atul कोइराला Koirala शुशील कोइराला मेमोरियल फाउण्डेशन

DOI:

https://doi.org/10.3126/hisan.v9i1.64023

Keywords:

आम निर्वाचन र जनप्रतिनिधि, प्रजातान्त्रिक आन्दोलन, थारु समुदाय, प्रजातन्त्रका योद्धा

Abstract

प्रस्तुत अध्ययन नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा राधाकृष्ण थारु र उनको योगदानका विषयमा आधारित रहेको छ । राणा शासनकालदेखि नै गरिव किसानहरूका पक्षमा संघर्ष गर्दै उनीहरूको जीवन निर्वाह हुनसक्ने जग्गाजमिन उपलब्ध गराएर सर्वसाधारण किसानका आधारभूत अधिकार स्थापित गर्न सफल भएका थिए । उनी वि.सं.२००७ सालमा मुक्ति सेनाले प्रजातन्त्र स्थापनाका लागि गरेको क्रान्तिमा बाँके–बर्दिय क्षेत्रमा रहेको मोर्चामा सहभागी भएर युद्ध लडेका थिए । वि.सं.२०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा अत्याधिक बहुमत प्राप्त गरी विजयी भएपछि उनले जमिन्दारहरूको शोषण र अन्याय अत्याचारका विरुद्ध पीडित किसानका आवाज संसदमा बुलन्द पारेका थिए । उनले संसदमा क्रान्तिकारी भूमिसुधार, विर्ता उन्मूलन जस्ता विषयमा आफ्ना गहकिला विचार प्रस्तुत गरी जनताको आवाज स्थापित गर्ने प्रयास गरेका थिए । तत्कालीन समयमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेका थारुले किसानको अधिकारका पक्षमा जीवन प्रर्यन्त संघर्ष गरिनै रहे । राजा महेन्द्रले वि.सं.२०१७ साल पौष १ गते नेपालकै प्रथम निर्वाचित सरकारलाई अपदस्त गरी संसद विघटन गरेपछि उनी भारत प्रवासमा रहेर पार्टीले सञ्चालन गरेको शसस्त्र क्रान्ति सफल पार्न सक्रिय रहेका थिए । वि.सं.२०२५ सालमा राजाबाट आममाफी पाएर स्वदेश फर्किएपछि निरन्तर प्रजातन्त्र र किसानका अधिकारका पक्षमा आवान बुलन्द पार्दै आएका थारुले वि.सं.२०४५ सालसम्म नेपाली कांग्रेस बर्दिया जिल्लाको जिल्ला सभापति भएर काम गरेका थिए । यस अध्यनको उद्देश्य जीवनभर निरन्तर समाजसेवामा समर्पित राधाकृष्ण थारुले जनताका पक्षमा गरेका कार्य र नेपालको पहिलो निर्वाचित संसदमा खेलेको भूमिका बारे खोजी गर्नु रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
180
PDF
53

Author Biographies

जगत Jagat नेपाल Nepal, रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौं

उप–प्राध्यापक

डोलराज Dolraj काफ्ले Kafle, इतिहास केन्द्रीय विभाग, त्रि.वि. काठमाडौं

सह–प्राध्यापक

राजेन्द्रप्रसाद Rajendraprasad धिताल Dhital, मध्यपश्चिम विश्वविद्यालय

उप–प्राध्यापक

अतुल Atul कोइराला Koirala, शुशील कोइराला मेमोरियल फाउण्डेशन

सदस्य सचिव

Downloads

Published

2023-12-31

How to Cite

नेपाल Nepal ज. J., काफ्ले Kafle ड. D., धिताल Dhital र. R., & कोइराला Koirala अ. A. (2023). नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा राधाकृष्ण थारु र संसदमा उनको योगदान. HISAN: Journal of History Association of Nepal, 9(1), 53–70. https://doi.org/10.3126/hisan.v9i1.64023

Issue

Section

Articles