पौड्याल बंशको ऐतिहासिक घटनाक्रममाः पाल्पाली पौड्यालहरूको पहिचान

Authors

  • ज्ञानेन्द्र Gyanendra पौड्याल Poudyal त्रिभुवन विश्वविद्यालय

Keywords:

कुठाराघात

Abstract

पौड्याल वंशको ऐतिहासिक पृष्ठभूमि धेरै लामो र धेरै पुरानो भएको पाइन्छ । जसको जरो किलो पत्ता लगाउन भारतको प्राचीन इतिहासदेखि नेपालको र ऐतिहासिक श्रृङ्खलाहरूलाई बुझ्नुपर्ने हुन्छ । अफगानिस्ताका तत्कालीन शासक सुल्तान मुहम्मद गजनवी मुस्लिम शासकहरूमध्येका क्रुर र निरङ्कुश शासक मानिन्छन् । सुल्तान र उनका सर्मथकहरूबाट भारतका विभिन्न राज्यहरू खास गरी हिन्दू शासकहरू माथि आक्रमण भइरहन्थ्यो । त्यसै क्रममा वि.सं.११४१ मा भारतको कान्यकुज राज्यका हिन्दू शासकहरूमाथि सुल्तान र उनका समर्थक मुसलमानहरूले आक्रमण गरे फलस्वरुप त्यहाँका हिन्दू राजा जयचन्द्र मारिए भने परिणाम स्वरुप त्यस क्षेत्रमा मुस्लिमहरूको अत्याचारले सीमा नाग्दै गयो । मुस्लिम शासकहरूले तत्कालीन भारतवर्षअन्तर्गत पर्ने विभिन्न राज्यका हिन्दू शासक तथा उनीहरुका मठमन्दिर मात्र नभई हिन्दू जातिहरूमाथि समेत कठोर यातना दिन थाले । तत्कालीन भारतवर्षअन्तर्गत अहिलेको नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान तिब्बत, बर्मा, इरान, इराक आदि मुलुकहरू पर्दथे । यस प्रकार मुस्लिमहरूको पटक पटकको आक्रमण र धनसम्पत्तिसमेत लुटेर लगिदिने, आततायी घटनादेखि हिन्दू धर्मावलम्विहरू आफ्नो असुरक्षा र धार्मिक आस्थामाथिसमेत कुठाराघात हुँदै गएको महसुस गरिरहेका थिए । मुस्लिमहरूले हिन्दूहरूलाई दुःख दिने ज्यादती अनेत्र पनि थियो । यस किसिमको आक्रमणबाट खासगरी स्थानीय धेरैथरी आर्य ब्राह्मणहरू कान्यकुञ्ज राज्य अर्थात् वर्तमान भारतको कानपुर र वरपरका क्षेत्रबाट स्थानान्तरण हुँदै धर्म, संस्कृति र जीउ, ज्यानको सुरक्षा खोज्दै तत्कालीन भारतका उत्तरी खण्डका राज्यहरू काँगडा, कुमाउ, गढवाल, श्रीनगर आदि विभिन्न स्थानहरूमा आएर बसोबास गर्न थाले । यसरी उत्तरी भारतका पहाडी इलाका सुरक्षित स्थलतिर स्थानान्तरण हुँदै गएका ब्राह्मणहरूमध्येका आत्रेय गोत्र भएका उदय भट्ट नामका ब्राह्मण पनि भारतको कान्यकुज तथा कानपुर क्षेत्रबाट गढवालको राजधानी श्रीनगर क्षेत्रमा आई बसेका थिए । अहिलेसम्म प्राप्त स्रोतका आधारमा नेपालका आत्रेय गोत्रहरू यिनै उदय भट्टका पुर्खाहरू हुन भन्ने बुझ्न सकिन्छ ।

Abstract
213
PDF
0

Author Biography

ज्ञानेन्द्र Gyanendra पौड्याल Poudyal, त्रिभुवन विश्वविद्यालय

सेवा निवृत्त

Downloads

Published

2023-12-31

How to Cite

पौड्याल बंशको ऐतिहासिक घटनाक्रममाः पाल्पाली पौड्यालहरूको पहिचान. (2023). HISAN: Journal of History Association of Nepal, 9(1), 41-52. https://doi.org/10.3126/hisan.v9i1.64013

Issue

Section

Articles

How to Cite

पौड्याल बंशको ऐतिहासिक घटनाक्रममाः पाल्पाली पौड्यालहरूको पहिचान. (2023). HISAN: Journal of History Association of Nepal, 9(1), 41-52. https://doi.org/10.3126/hisan.v9i1.64013