नेपाल इतिहास सङ्घको आठौं महाधिवेशन (२०७८) प्रसङ्ग {Proceedings of the Eighth Congress of Nepal History Association (2078)}

Authors

  • ज्ञानेन्द्र Gyanendra पौड्याल Poudyal नागार्जुन नगरपालिका १०, रोयल स्युचाटार, कलंकी, काठमाडौ

DOI:

https://doi.org/10.3126/hisan.v8i1.53096

Keywords:

सङ्घसंस्था र निर्विरोध, सर्वसम्मत्, दस्तावेज, सशक्त, सम्बद्र्धन

Abstract

इतिहास विगतमा घटेका सत्य तथ्य घटनाहरूको विवरण हो । त्यसैले इतिहासले अतितका सत्य र तथ्यलाई केलाउँदै प्रस्तुत गर्दछ । हिजोको सत्य र तथ्यबाट आज सिक्दै भोलिको लागि सही मार्ग पहिल्याउन इतिहासको अध्ययन जरूरी हुन्छ । हरेक वस्तु र विषयको इतिहास हुन्छ । इतिहास विनाको विषय र वस्तु नै हुँदैन । इतिहासको ज्ञान विना कुनै पनि वस्तु तथा विषयको प्रगति र विकास असंभव हुन्छ, त्यसैले इतिहास मानव जीवन र सजिव निर्जिव वस्तु सबैको अध्ययनको विषय हुनुसक्छ । इतिहासको अध्ययन र विश्लेषण गरेर मात्र अगाडि बढ्नाले मात्र जो कोहीले सफलता प्राप्त गर्दछ । इतिहासबाट पाठ सिकेर अगाडि बढ्ने सङ्घसंस्था राष्ट्रले नै प्रगति र विकास गर्नसक्छ, किनकी यसले पूर्व कार्यको जानकारी गराई अगाडि बढ्न सही र गलत छुट्याउका लागि सहज बनाउँदछ । आजको समाजमा इतिहास विषयको आवश्यकता र औचित्य अझ बढी सावित हुँदै गएको छ । त्यसैले इतिहास विषयका विद्धान्हरूको जमघट, छलफल, आपसी मेलमिलाप, लेखन प्रकाशन, अध्ययन, अनुसन्धान तथा प्राज्ञिक र उन्नयन आदि कार्यलाई अझ बढी सशक्त बनाउनु आजको आवश्यकता हो । इतिहासको संरक्षण र सम्बद्र्धन गर्दै नेपाली समाजलाई सही मार्गमा डोर्याउन र अन्य सरोकारवालाहरूको सल्लाह र सहयोग पुगोस भन्ने उद्देश्यका साथ इतिहास सङ्घको स्थापना भएको हो ।

Downloads

Download data is not yet available.
Abstract
29
PDF
22

Downloads

Published

2022-12-31

How to Cite

पौड्याल Poudyal ज. G. (2022). नेपाल इतिहास सङ्घको आठौं महाधिवेशन (२०७८) प्रसङ्ग {Proceedings of the Eighth Congress of Nepal History Association (2078)}. HISAN: Journal of History Association of Nepal, 8(1), 134–138. https://doi.org/10.3126/hisan.v8i1.53096

Issue

Section

Articles