अर्धनारीश्वर खण्डकाव्यमा अर्थालङ्कार

Authors

  • Subhash Chandra Neupane उपप्राध्यापक, महेन्द्र बहुमुखी क्याम्पस, धरान

Keywords:

अद्वितीय, अलङ्कृत, आस्वादनीय, भावगाम्भीर्य, सौन्दर्यपूर्ण

Abstract

प्रस्तुत अध्ययनमा खण्डकाव्यकार वासुदेव त्रिपाठीको पौराणिक पुराकथामा आधारित अर्धनारीश्वर खण्डकाव्यलाई अर्थालङ्कारका कोणबाट विश्‍लेषण गरिएको छ । त्रिपाठीको २०४५ सालमा प्रकाशित प्रस्तुत खण्डकाव्यमा केकस्ता अर्थालङ्कारहरूको प्रयोग गरिएको छ र ती अलङ्कारहरूले केकस्तो अर्थ अभिव्यञ्जित गरेका छन् भन्ने कुराको विश्‍लेषण यस लेखमा गरिएको छ । प्रस्तुत लेख तयारीका क्रममा प्राथमिक सामग्रीका रूपमा खण्डकाव्यकार वासुदेव त्रिपाठीको अर्थनारीश्वर खण्डकाव्यलाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा अलङ्कार सिद्धान्तसँग सम्बन्धित ग्रन्थहरू, शोधप्रतिवेदनजस्ता पुस्तकालयीय सामग्रीहरूको उपयोग गरिएको छ । सामग्री विश्‍लेषणका क्रममा निगमनात्मक विधिअनुसार स्थापित सिद्धान्तका आधारमा वर्णनात्मक, विश्‍लेषणात्मक र व्याख्यात्मक विधिको प्रयोग गरी प्रस्तुत लेखलाई पूर्णता दिइएको छ । अर्थालङ्कार वर्गका अलङ्कारहरूमध्ये सबभन्दा बढी सादृश्यमूलक वर्गका अलङ्कारको कुशल प्रयोगका कारण यो खण्डकाव्य सौन्दर्ययुक्त, काव्यात्मक वैशिष्ट्ययुक्त, भावगाम्भीर्य बन्न पुगेको छ भन्ने निष्कर्ष यस लेखको विश्‍लेषणबाट निकालिएको छ ।

Abstract
0
PDF
0

Downloads

Published

2026-07-03

How to Cite

अर्धनारीश्वर खण्डकाव्यमा अर्थालङ्कार. (2026). ज्ञानदिप Gyandeep, 11(01), 108-117. https://doi.org/10.3126/gyandeep.v11i01.96624

Issue

Section

Articles

How to Cite

अर्धनारीश्वर खण्डकाव्यमा अर्थालङ्कार. (2026). ज्ञानदिप Gyandeep, 11(01), 108-117. https://doi.org/10.3126/gyandeep.v11i01.96624