'रोहिणी म लेख्दै छु बुद्धको कथा' कथामा विनिर्माण

Authors

  • Sita Adhikari Thapa उपप्राध्यापक, महेन्द्र बहुमुखी क्याम्पस, धरान

Keywords:

अर्थगत अनिश्चितता, आत्मकथन, केन्द्रभञ्जन, द्विचरभञ्जन, पुनर्पठन

Abstract

प्रस्तुत लेख कथाकार शशी थापा पण्डितको 'रोहिणी म लेख्दै छु बुद्धको कथा' कथाको विनिर्माणात्मक अध्ययनमा केन्द्रित रहेको छ । गुणात्मक अनुसन्धान पद्धतिअन्तर्गत पाठविश्‍लेषण विधिमा आधारित यस अध्ययनका निम्ति विनिर्माण सिद्धान्तलाई सैद्धान्तिक आधार लिइएको छ । यस अध्ययनको मुख्य उद्देश्य नेपाली जनमानसमा स्थापित गौतम बुद्धसम्बन्धी परम्परित आख्यानलाई वैकल्पिक दृष्टिकोणबाट विश्‍लेषण गर्नु रहेको छ । विवेच्य कथामा परम्परित स्थापित बुद्धआख्यानको पुनर्पाठ गर्दै राजकुमार सिध्दार्थलाई गौतम बुद्ध बनाउने प्रक्रियामा रोहिणीको भूमिकालाई केन्द्रमा ल्याइएको छ । यस क्रममा सिध्दार्थ किन आफ्नो राज्य, राजदरबार, पत्नी र नवजात पुत्रलाई त्याग गरी परिवार छाडेर एक्लै गृहत्याग गर्नुको कारण सम्बन्धी स्थापित धारणा माथि प्रश्न उठाउँदै लुप्त रहेको तथ्यको भिन्न दृष्टिकोणबाट पुनर्व्याख्या गरिएको छ । कथामा सीमान्तीय पात्रलाई केन्द्रमा स्थापित गरेर यथार्थ र काल्पनिकताको संयोजन गरी आत्मकथात्मक शैलीको प्रयोग गरिएकाले अर्थनिर्माणको नवीन सम्भावनाहरु उद्घाटित भएको देखिन्छ । परम्परागत मिथकीय आख्यानलाई समकालीन दृष्टिकोणबाट पुनर्पाठ गर्दै रोहिणी नदीलाई कथावाचक पात्र बनाई केन्द्रमा राखिनुले बुद्धत्वप्राप्तिमा उसले खेलेको भूमिकालाई उजागर गरिएको छ । यसरी स्थापित आख्यानको पुनर्पठन वा पुनर्सिर्जनमार्फत कथाले परम्परित मान्यताको भञ्जनका साथै नयाँ अर्थ र चेतनाको निर्माण गर्दै विनिर्माणिक चेतनाको सशक्त अभिव्यक्ति प्रदान गरेको निष्कर्ष प्राप्त भएको छ । अतः यस अध्ययनबाट 'रोहिणी म लेख्दै छु बुद्धको कथा'मा अर्थसंरचनाको विखण्डन गरी नवीन अर्थ सम्भावनाको उद्घाटनले विनिर्माणिक चेतना प्रभावकारी रूपमा अभिव्यक्त भएको निष्कर्ष निकालिएको छ ।

Abstract
0
PDF
0

Downloads

Published

2026-07-03

How to Cite

’रोहिणी म लेख्दै छु बुद्धको कथा’ कथामा विनिर्माण. (2026). ज्ञानदिप Gyandeep, 11(01), 99-107. https://doi.org/10.3126/gyandeep.v11i01.96623

Issue

Section

Articles

How to Cite

’रोहिणी म लेख्दै छु बुद्धको कथा’ कथामा विनिर्माण. (2026). ज्ञानदिप Gyandeep, 11(01), 99-107. https://doi.org/10.3126/gyandeep.v11i01.96623