ईश–विनय कवितामा अद्वैत वेदान्त दर्शन

Authors

  • Lata Devi Paudel उपप्राध्यापक, डिग्री क्याम्पस विराटनगर

Keywords:

ब्रह्म, प्रभु, विश्ब्रह्माण्ड, जगत्, सृष्टि

Abstract

प्रस्तुत लेखमा लेखनाथ पौड्यालको ‘ईश–विनय’ कवितामा अद्वैत वेदान्त दर्शनका मान्यताहरूको खोजी त्यसको प्रभावकारिताको विश्‍लेषण गरिएको छ । ‘ईश–विनय’ कविता लेखनाथ पौड्यालको लालित्य कविता सङ्ग्रह (भाग २) मा सङ्गृहीत छ । ईश–विनय कवितामा अद्वैत वेदान्त दर्शनका मान्यताहरूलाई दृष्टान्तमार्फत विश्‍लेषण गरी तथ्य निरूपण गर्नु यस लेखको उद्देश्य रहेको  छ । ब्रह्मसूत्रका भाष्यकारहरूमध्ये आचार्य शङ्कराचार्य अद्वैत वेदान्तवादी दर्शनिक हुन् । अद्वैत वेदान्त दर्शनले ब्रह्म सत्य छ र ब्रह्मबाट भिन्न केही छैन भन्ने मान्यता राख्दछ । यस कवितामा कविले ईश्वरलाई ब्रह्मको रूपमा प्रस्तुत गरेको छन् । कवितामा ईश्वरलाई ब्रह्मजस्तै सत्य, नित्य, सर्वशक्तिमान्, सर्वव्यापी, स्वप्रकाश, अमर र सार्वभौमशक्तिका रूपमा प्रस्तुत गरिएको छ । कवितामा सारा ब्रह्माण्डकै सृष्टि, स्थिति र लयको कारण ईश्वर नै रहेको कुरा उल्लेख गरिएको छ । यसमा कविले प्रभु, ईश्वर र जगदीश्वर भनेर ब्रह्मवादी चिन्तन प्रस्तुत गरेका छन् । कवितामा जीवन जागृत गराउने शक्तिका रूपमा ईश्वरको पुकार गर्दै ईश्वर वा ब्रह्मविना कसैको अस्तित्व सम्भव छैन भन्ने भाव प्रस्तुत गरिएको छ । प्रस्तुत कवितामा ब्रह्म सत्य हो, ब्रह्मविना जगत्‌को अस्तित्व सम्भव छैन भन्ने अद्वैत वेदान्त दर्शनको मान्यता रहेको यस लेखमा निष्कर्ष निकालिएको छ । यसमा लेखलाई पूर्णता दिनका लागि पुस्तकालय स्रोतका प्राथमिक र द्वितीयक स्रोतका सामग्री सङ्कलन गरिएको छ । सङ्कलित प्राथमिक स्रोतको सामग्रीको विश्‍लेषणका लागि द्वितीयक सैद्धान्तिक स्रोतका सामग्रीहरूको उपयोग गरिएको छ । अद्वैत वेदान्त दर्शनका मान्यताहरूलाई आधार मानेर कवितांशहरूलाई दृष्टान्त दिएर पाठपरक विधिमार्फत कविताको विश्‍लेषण गरिएकोले यो लेख गुणात्मक प्रकृतिको छ । यसमा सन्दर्भसामग्रीको प्रयोगमा एपिए पद्धतिको प्रयोग गरिएको छ ।

Abstract
0
PDF
0

Downloads

Published

2026-07-03

How to Cite

ईश–विनय कवितामा अद्वैत वेदान्त दर्शन. (2026). ज्ञानदिप Gyandeep, 11(01), 91-98. https://doi.org/10.3126/gyandeep.v11i01.96622

Issue

Section

Articles

How to Cite

ईश–विनय कवितामा अद्वैत वेदान्त दर्शन. (2026). ज्ञानदिप Gyandeep, 11(01), 91-98. https://doi.org/10.3126/gyandeep.v11i01.96622