लोकगाथामा अभिघात

Authors

  • Laxmi Dhungel उपप्राध्यापक, मेची बहुमुखी क्याम्पस

Keywords:

अचेतन, अभिघात, मनोविश्‍लेषण, रक्षात्मक प्रविधि, लोकगाथा

Abstract

गुणात्मक अनुसन्धान विधि तथा निगमनात्मक शोधपद्धतिको प्रयोग गरी नेपाली लोकगाथामा प्रयुक्त अभिघातको मनोविश्‍लेषणात्मक अध्ययनमा प्रस्तुत शोधलेख केन्द्रित छ । नेपाली लोकगाथाहरूमा अभिव्यक्त अभिघातका स्वरूपहरूको मनोवैज्ञानिक अन्वेषण नै यस अध्ययनको मूल समस्या हो । यस क्रममा ऐतिहासिक, सामाजिक र विविध विषयअन्तर्गत पर्ने नेपाली लोकजीवनमा प्रसिद्ध गाथा ‘जङ्गबहादुरको कर्खा’, ‘सरूमा रानी’ र ‘कठपुतलै’मा प्रयुक्त पात्रले भोगेका वियोग र तिनबाट उत्पन्न मानसिक पीडा, सतीप्रथाको दारुण अभिव्यक्ति, पहिचानको सङ्कट, आफन्तजनको हत्या र विश्वासघात तथा बालहिंसाले उत्पन्न मनोवैज्ञानिक प्रभावको अभिघात चिन्तनका आधारमा अन्वेषण गरिएको छ । यस अनुसन्धानमा गाथाको पाठविश्‍लेषणका मुख्य सूचकका रूपमा पूर्वअभिघात, पश्चअभिघात र रक्षात्मक प्रविधिलाई चरका रूपमा प्रयोग गरिएको छ । पाठपरक र विषयगत विश्‍लेषणका आधारमा गरिने यस अन्वेषणले तत्कालीन समाजमा घटित युद्ध, दमन, लैङ्गिक हिंसा र पारिवारिक घातप्रतिघातलाई मनोवैज्ञानिक रूपमा प्रस्ट्याउँछ । अध्ययनका लागि छनोट गरिएका गाथाका आधारमा लोकगाथा मानवीय मनका पीडा, भय, सन्त्रास, संशय र अचेतन मनका दमित संवेगहरूलाई अभिव्यक्त गर्ने सशक्त माध्यम हुन् साथै यिनमा प्रयुक्त अतिप्राकृतिक र वियोगान्त घटनाहरूको चामत्कारिक प्रस्तुतिले तत्कालीन समाजको सामूहिक मनोविज्ञान र अभिघातलाई कतै प्रत्यक्ष र कतै साङ्केतिक रूपमा अभिव्यक्त गरेको निष्कर्ष अध्ययनले निकालेको छ । अन्ततः पात्रहरूले यी आघातहरूको सामना गर्न पलायन, अस्वीकरण, युक्तीकरण, दमन र विस्थापनजस्ता रक्षात्मक प्रविधि अवलम्बन गरेको र यसले लोकजीवनको सामूहिक अचेतनको रक्षा गर्ने प्रयास गरेको निचोड पनि अध्ययनले प्रस्तुत गरेको छ । 

Abstract
0
PDF
0

Downloads

Published

2026-07-03

How to Cite

लोकगाथामा अभिघात. (2026). ज्ञानदिप Gyandeep, 11(01), 76-90. https://doi.org/10.3126/gyandeep.v11i01.96621

Issue

Section

Articles

How to Cite

लोकगाथामा अभिघात. (2026). ज्ञानदिप Gyandeep, 11(01), 76-90. https://doi.org/10.3126/gyandeep.v11i01.96621