वास्तुशास्त्रमा गृहारम्भ

Authors

  • Tanuja Dahal वाल्मीकि विद्यापीठ, काठमाडौँ

Keywords:

उत्खनन्, परीक्षण, शकुन, शिलान्यास, शोधन

Abstract

पूर्वीय संस्कृतिमा मानव जीवनका चार आश्रममध्ये गृहस्थाश्रमलाई महत्त्वपूर्ण आश्रम मानिन्छ । गृहस्थाश्रमलाई   सुखमय,  रोगमुक्त, ऐश्वर्ययुक्त र शान्त बनाउने कल्याणकारी शास्त्रलाई वास्तुशास्त्र भनिन्छ ।  पृथ्वी, जल, तेज, वायु र आकाश यी पाँच तत्त्वको सन्तुलन  र प्राकृतिक ऊर्जाको समूचित प्रयोग नै वास्तुशास्त्रको मूल सिद्धान्त हो ।   मानवद्वारा निर्माण गरिने भवन, देवालय, बगैँचा, पोखरी, कुवा, तलाउ, पशुशाला, प्रतिष्ठा आदि  वास्तुशास्त्रका क्षेत्रहरू भए तापनि  प्रस्तुत लेख वास्तुशास्त्रअन्तर्गतको गृहनिर्माणका प्रारम्भिक प्रक्रियाहरूका सैद्धान्तिक र व्यावहारिक पक्षसँग सम्बन्धित छ । यिनै विषयहरूलाई शोधसमस्या मान्दै गृहनिर्माणको आवश्यकता, घरमा पञ्चतत्त्वको सन्तुलनको आवश्यकता, भूमिको छनौटसम्बन्धी आधारहरू, भूमि परीक्षणको विधि,  वास्तुमुहूर्त र प्रभावका विषयमा शास्त्रीय अवधारणाहरूलाई प्रस्तुत गर्ने उद्देश्य राखिएको छ । यसमा आधुनिक विज्ञानले वास्तुशास्त्रका सिद्धान्तलाई स्वीकार गर्नुको कारण र वास्तुमुहूर्तले गृह स्वामीलाई पार्ने  शुभाशुभ प्रभावलाई  निगमनात्मक विधिका माध्यमद्वारा  विश्‍लेषण गरिएको छ ।

Abstract
0
PDF
0

Downloads

Published

2026-07-03

How to Cite

वास्तुशास्त्रमा गृहारम्भ. (2026). ज्ञानदिप Gyandeep, 11(01), 49-58. https://doi.org/10.3126/gyandeep.v11i01.96619

Issue

Section

Articles

How to Cite

वास्तुशास्त्रमा गृहारम्भ. (2026). ज्ञानदिप Gyandeep, 11(01), 49-58. https://doi.org/10.3126/gyandeep.v11i01.96619