भ्रूण प्रश्न कवितासङ्ग्रहमा छन्दोविधान
Keywords:
छन्द, लय, विषमपादात्मक, शिष्टपरम्परा, समपादात्मकAbstract
प्रस्तुत लेख टीका आत्रेयद्वारा रचना गरिएको भ्रूण प्रश्न कवितासङ्ग्रहका छन्दहरूको विश्लेषणमा केन्द्रित गरिएको छ । भ्रूण प्रश्नका सबै कविताहरू छन्दमा लेखिएका छन् । भ्रूण प्रश्न कवितासङ्ग्रहमा कुन कुन छन्दको प्रयोग भएको छ भन्ने कुराको अध्ययन र विश्लेषणमा यो लेख केन्द्रित छ । यसमा अनुष्टुप्, उपजाति (उपेन्द्रवज्रा+इन्द्रवज्रा), मालिनी, शिखरिणी, शार्दूलविक्रीडित, पञ्चचामर, स्रग्धराजस्ता समपादात्मक वार्णिक छन्द रहेका छन् । छन्दोगत विविधता यस कवितासङ्ग्रहको विशेषता बनेको छ । कवितासङ्ग्रहमा प्रयोग भएका छन्दहरूले छन्दशास्त्रीय नियमलाई पालना गरेको देखिन्छ । यस कवितासङ्ग्रहमा प्रयुक्त छन्दहरु काव्यसौन्दर्यका सिर्जनामा अनुकूल रहेका छन् भन्ने निष्कर्ष प्रस्तुत लेखको विश्लेषणबाट निकालिएको छ । भ्रूण प्रश्न कविता सङ्ग्रहमा छन्दका सैद्धान्तिक अड्डहरूको प्रयोग भएको पाइन्छ । काव्यसौन्दर्यका दृष्टिले यो निकै महत्त्वपूर्ण छ । यस कवितासङ्ग्रहमा पनि पद्यको प्रयोग छ । भ्रूण प्रश्न कवितासङ्ग्रहभित्र प्रयोग भएका छन्दहरू विवेचनीय देखिन्छन् । त्यसैले भ्रूण प्रश्न कविता सङ्ग्रहको छन्दसौन्दर्यलाई औल्याउनु यस अध्ययनको विषय रहेको छ ।