धरानमा बान्तावा भाषाको प्रयोगावस्था

Authors

  • Indira Rai महेन्द्र बहुमुखी क्याम्पस, धरान

Keywords:

बान्तावा भाषा, तृभाषा, भाषिक जीवन्तता, पुस्तान्तरण, भाषा संरक्षण

Abstract

यो अनुसन्धानात्मक लेख कोशी प्रदेशको धरान उपमहानगरपालिकामा बसोबास गर्ने राई समुदायको मातृभाषा बान्तावा भाषाको वर्तमान प्रयोगावस्था, अन्तरपुस्तीय भाषिक हस्तान्तरण तथा भाषिक जीवन्तताको अध्ययनमा केन्द्रित छ। अध्ययनमा गुणात्मक अनुसन्धान विधि अवलम्बन गरी उद्देश्यमूलक नमुना छनोटका आधारमा ज्येष्ठ, युवा तथा बाल उमेर समूहका नौ जना भाषिक सूचकहरूसँग अर्धसंरचित अन्तर्वार्ता तथा सहभागी अवलोकनमार्फत तथ्य सङ्कलन गरिएको छ। अध्ययनको सैद्धान्तिक आधारका रूपमा फिसम्यान (१९९१) को अन्तरपुस्तीय भाषिक हस्तान्तरण सिद्धान्त, ग्राइम्स (२०००) को भाषिक जीवन्तता अवधारणा, युनेस्को (२००३) को भाषिक सङ्कट वर्गीकरण, लुइस र साइमन्स (२०१०) को EGIDS ढाँचा तथा भिगोत्स्की (१९७८) को सामाजिक–सांस्कृतिक सिद्धान्तलाई ग्रहण गरिएको छ। अध्ययनबाट बान्तावा भाषा ज्येष्ठ पुस्तामा अझै जीवन्त र जातीय पहिचान तथा सांस्कृतिक निरन्तरताको आधारका रूपमा रहेको तर युवा तथा बाल पुस्तामा यसको प्रयोग, भाषिक दक्षता र अन्तरपुस्तीय हस्तान्तरण क्रमशः कमजोर बन्दै गएको तथ्य प्राप्त भएको छ। नेपाली र अङ्ग्रेजी भाषाको बढ्दो प्रभाव, सीमित प्रयोगक्षेत्र तथा कमजोर सामाजिक समर्थनका कारण बान्तावा भाषाको जीवन्तता प्रभावित भएको देखिन्छ। अध्ययनले बान्तावा भाषा ह्रासोन्मुख अवस्थामार्फत क्रमशः सङ्कटग्रस्त अवस्थातर्फ उन्मुख रहेको सङ्केत गरेको छ। त्यसैले यसको संरक्षण, संवर्द्धन र पुनर्जीवनका लागि परिवार, समुदाय, विद्यालय तथा स्थानीय तहको समन्वित पहल आवश्यक रहेको निष्कर्ष प्रस्तुत गरिएको छ।

Abstract
0
PDF
0

Downloads

Published

2026-07-03

How to Cite

धरानमा बान्तावा भाषाको प्रयोगावस्था. (2026). ज्ञानदिप Gyandeep, 11(01), 19-32. https://doi.org/10.3126/gyandeep.v11i01.96616

Issue

Section

Articles

How to Cite

धरानमा बान्तावा भाषाको प्रयोगावस्था. (2026). ज्ञानदिप Gyandeep, 11(01), 19-32. https://doi.org/10.3126/gyandeep.v11i01.96616